पोखरा । गण्डकी प्रदेश सभा भवनको शिलान्यास गरिएको छ । पोखरा–३ नदीपुरस्थित हाल प्रयोग भइरहेको भवन पछाडिपट्टि ७ रोपनी क्षेत्रफलमा नयाँ संरचना बन्न लागेको हो ।
मंगलबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नदीपुरमा भवनको शिलान्यास गरेका हुन् । भवन सम्पन्न गर्न २५ करोड ३७ लाख लागत लाग्नेछ । २०८१ माघ १८ गते सम्झौता भएको भवन निर्माण २०८४ माघ १७ गते सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

श्रेष्ठ एन्ड सन्स–इस्ट बेस्ट जेभी, नयाँबानेश्वर काठमाडौंसँग २५ करोड ३७ लाख ८२ हजार ८ सय ६० रुपैयाँमा गत माघ १८ मा निर्माण सम्झौता भएको छ ।
४४ करोड ९४ लाख ९१ हजार रुपैयाँको लागत इस्टिमेट तयार गरी ०८१ साउन २१ मा बोलपत्र आव्हान् गरिएकोमा ३५ निर्माण कम्पनीले भवन बनाउने प्रस्ताव पेस गरेका थिए । त्यसमध्ये २६ कम्पनी छनोट भएकोमा सबैभन्दा कम लागत प्रस्ताव गरेको श्रेष्ठ एन्ड सन्स–इस्ट बेस्ट जेभी, नयाँ बानेश्वर काठमाडौंले निर्माणको जिम्मा पाएको हो ।

शहरी विकास तथा भवन कार्यालय कास्की प्रमुख सी.डी.ई ओमराज ढुंगानाका अनुसार नगर विकास प्रशिक्षण केन्द्रको स्वामित्वमा रही प्रदेश सरकारसँग भोगाधिकार भएको १ सय १० रोपनीमध्ये ७ रोपनीमा नयाँ भवन बन्न लागेको हो ।
अहिले भवन निर्माणको लागि प्रारम्भिक काम भैसकेको छ । निर्माणस्थल सम्म्याउने र डन्डी तेर्स्याउने काम भइरहेको निर्माण कम्पनीले जनाएको छ ।

भवन तोकिएको समयअघि नै सक्ने लक्ष्य लिइएको निर्माण कम्पनीले जनाएको छ । मुख्यमन्त्री पाण्डेले छिटो काम सक्न निर्देशन दिए । ‘निर्माण अवधि ३ वर्षको भएपनि २ वर्षमै सकिदिनुस्,’ उनले भने, ‘हाम्रै कार्यकालमा सभा बस्न मिल्ने गरी काम गरिदिनु होला ।’
संसद् भवन बनाउनका लागि यसअघि डेढ अर्बको डीपीआर बनाइएको थियो । तर उक्त डीपीआर कार्यान्वयन गर्न नसक्ने भएपछि नयाँ डीपीआर बनाइएको हो । भवन निर्माणको योजना कार्यान्वयन सहरी विकास तथा भवन कार्यालय कास्कीले गर्ने सभामुख कृष्ण धितालले जानकारी दिए ।
चालु वर्षका लागिमात्रै ९ करोड रुपैयाँ विनियोजन भएको सरकारले जनाएको छ ।

नयाँ भवन तीन तले बन्नेछ । पहिलो तलामा संसद् बैठक कक्ष रहनेछ । त्यहाँ ७८ जना अट्ने गरी च्याम्बर बन्नेछ । कार्यव्यवस्था परामर्श समितिको बैठक कक्ष, सामान्य र भीआईपी कक्ष, लाइब्रेरी, भिडियो कन्फेरेन्स र टिभी स्टुडियो सोही तलामा रहनेछन् ।
भुईंतलामा ५ वटा संसदीय दलको बैठक कक्ष र ५ वटा भीआईपी कार्यालय बनाइने छ । मुख्यमन्त्री, सभामुख, उपसभामुख, विपक्षी दलका नेता र संसद् सचिवालय सचिवको कार्यालय भुईंतलामा रहनेछ ।
दोस्रो तलामा ८० जना क्षमताको दर्शक दीर्घा, बहुउद्देश्यीय बैठक कक्ष, स्टोर र बार्दली रहनेछ । २ वटा लिफ्ट पनि रहने भवना तेस्रो तलामा के–के राख्ने भन्ने तय भएको छैन । भवन बाहिरपट्टि चमेनागृह, पार्किङ निर्माण गरिनेछ।
3D Design by: Scale Architects Private Limited
सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह