अदालतको फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन जिल्ला प्रहरी कार्यालय स्याङ्जाले विशेष अपरेशन टोली परिचालन गरी जरिवाना तिर्न बाँकी तीन फरार कसूरदारलाई पक्राउ गरेको छ ।
मंगलबार खटिएको प्रहरी टोलीले विभिन्न मितिमा अदालतले फैसला गरिसकेका तर जरिवाना नतिरी फरार रहेका व्यक्तिहरूलाई नियन्त्रणमा लिएर स्याङ्जा जिल्ला अदालतमा उपस्थित गराएको हो ।
पक्राउ परेका व्यक्तिहरूमा अर्घाखाँची मालारानी गाउँपालिका –७ की आस्मा भट्टराई, पुतलीबजार नगरपालिका –६ टक्सारकी यमुना गुरुङ र अन्जना गुरुङ रहेका छन् ।
अदालतको आदेशअनुसार भट्टराईले ‘चेक अनादर’ मुद्दामा पाँच सय रुपैयाँ जरिवाना तिर्नुपर्नेमा बाँकी राखेकी थिइन् । त्यस्तै, यमुना गुरुङ र अन्जना गुरुङ दुवै ‘अंशवण्डा’ मुद्दामा दोषी ठहर भई जनही आठ सय पच्चीस रुपैयाँ तेत्तीस पैसा जरिवाना तिर्नुपर्नेमा फरार रहेका थिए ।
जम्मा दुई हजार एक सय पचास रुपैयाँ छैसठ्ठी पैसा बराबरको जरिवाना असुलका लागि पक्राउ परेकालाई अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिए ।
प्रहरीका अनुसार अदालतको फैसला कार्यान्वयनलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउन यस्ता अपरेशन निरन्तर जारी रहने छन् ।
सम्बन्धित खबर
शिक्षकको जागिर छाडेर २२० रोपनीमा कागती खेती
अवैध रुपमा नदीजन्य पदार्थ ओसारपसार गरिरहेको ट्याक्टर कारबाहीमा, ३० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा पुँजीगत बजेट खर्च ६८ प्रतिशतमा सीमित
पुतलीबजारका केही वडामा धानमा खपटे किराको प्रकोप
गोपालमान श्रेष्ठको निधनमा पुतलीबजारमा बुधबार सार्वजनिक बिदा
स्याङ्जाको सुन्तलाबाट एक वर्षमै सवा अर्बभन्दा बढी आम्दानी
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
सपनामा पनि मलाई संघीयता विरोधी नसोच्नुस्, हिन्दूराष्ट्र र राजतन्त्रको पक्षमा म छैन: बालेन
रविले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री नै गएनन्