पोखरा महानगरपालिका वडा नं. १४ कार्यालयले वडाबासी महिलाहरुलाई लक्षित गरी तीज विशेष कार्यक्रम मनाएको छ ।
वडा कार्यालय परिसरमा गरिएको तीजे दर खाने कार्यक्रममा वडाका २ हजार जति महिला दिदीबहिनी सहभागी भएको वडा अध्यक्ष बोधबहादुर कार्कीले जानकारी दिए ।
वडामा ५५ वटा महिला तथा आमा समूह रहेको र प्रायः सबैको सहभागिता रहेको कार्कीले जनाए । तीज विशेष कार्यक्रममा वडा नं. १४ निवासी गण्डकी प्रदेशसभा सदस्यद्वय सरस्वती गुरुङ र नन्दकला नेपालीको प्रमुख आतिथ्यता रहेको थियो ।

प्रदेशसभा सदस्य गुरुङले अब महिला देश हाँक्न सक्षम भइसकेको बताउँदै महिला सशक्तीकरणका लागि महिलाहरु सबै एक ठाउँमा उभिनुपर्नेमा जोड दिइन् । महिलाको मुद्धामा सबै लाग्नुपर्ने उनको भनाई थियो ।
प्रदेशसभा सदस्य नेपालीले तीज तडकभडक रहित तरिकाले मनाउनुपर्ने बताउँदै महिलाहरुले हक अधिकारका लागि यसलाई आवाज उठाउने आधार बनाउनुपर्ने बताइन् । समाजका हरेक कार्यक्रममा महिलाको उल्लेख्य सहभागिता रहेको उनको भनाई छ ।

नारी कल्याण आमा समूह अध्यक्ष सिर्जना पोखरेलले वडाले सम्झिएर सबैलाई एक ठाउँमा भेला हुने वातावरण तयार गरेकोमा धन्यवाद व्यक्त गरिन् । कार्यक्रममा प्रमुख अतिथिद्वयलाई दोसल्ला ओढाएर सम्मानसहित नारी कल्याण आमा समूहले उत्कृष्टता हाँसिल गरेकोमा सम्मान पनि गरिएको थियो ।

वडा अध्यक्ष बोध बहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत वडा सदस्य दिलमाया गुरूङ र सञ्चालन वडा सदस्य कृष्णहरि काफ्लेले गरेका थिए ।


सम्बन्धित खबर
पोखरामा नालीको भेलले बगाएका आमा र छोरीको ज्यान रहेन
प्रतिभा र शान्ति निकेतनबीचको सहलगानी तथा सहकार्य योजना स्थगित
समिप वैरागीको कविता कृति ‘साहीमासा’ माथि परिचर्चा
लायन्स क्लब अफ पोखरा वर्किङ टुगेदरद्वारा बृहत् वृक्षारोपण
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
निजी क्षेत्रसँग सहकार्य बढाउँदै पर्यटन प्रवर्द्धन: बोर्ड सदस्य पोखरेल
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा