पोखरा इन्टरनेटले तीजको अवसर पारेर तीज बिशेष कार्यक्रम ल्याएको छ ।
भदौ ६ गते बाट १५ गतेसम्म पोखराको पुरानो टुँडिखेलमा आयोजित तेस्रो ऐतिहासिक तीज महोत्सवमा सहकार्य गरेको कम्पनीले जनाएको छ ।
इन्द्रेणी एकिकृत विकास केन्दको आयोजनामा हुने महोत्सवमा पोखरा इन्टरनेट पनि इन्टरनेट पार्टनरको रुपमा सहभागी हुने जनाएको छ ।
उक्त कार्यक्रम अवधिभर सम्पूर्ण स्थलमा निःशुल्क इन्टरनेट सुविधा उपलब्ध गराइएको इन्टरनेटकी मार्केटिङ हेड दिपा दुलालले बताइन् । उक्त कार्यक्रममा उपस्थित सम्पूर्ण दर्शक र सहभागीहरूले फ्रि वाईफाई सुविधा उपभोग गर्न सक्नेछन्।
साथै, पोखरा इन्टरनेटले आयोजना गरेको लक्की ड्र मार्फत आकर्षक उपहार जित्ने अवसर पनि प्राप्त गर्ने कम्पनीले जनाएको छ । सहभागी हुनका लागि इच्छुक व्यक्तिले आफ्नो नाम, ठेगाना र सम्पर्क नम्बर पोखरा इन्टरनेटको स्टलमा गई टिपाउनुपर्ने अनिवार्यता छ ।
यस लक्कि ड्र अन्तर्गत १० दिनसम्म, प्रत्येक दिन एकजनाले ६ महिना सम्मको २०० एमबिपिएस इन्टरनेट सेवा लक्की विजेताको रूपमा प्राप्त गर्नेछन्। विजेताले इन्टरनेट प्रयोग गर्नका लागि ३ हजार बुझाएर जडान खर्च मात्र तिर्नुपर्ने मार्केटिङ हेड दुलालले उल्लेख गरिन् ।
यसबाहेक, रमाइलो वातावरणलाई अझै रोचक बनाउनका लागि सहभागीहरूका लागि गेम जोनमा रिवार्ड पाउने विशेष अवसर पनि प्रदान गरिएको छ।
पोखरा इन्टरनेटका अनुसार कम्पनीले निरन्तर रुपमा ग्राहकमैत्री सेवा, सामाजिक उत्तरदायित्व सिएसआर स्थानीय भावनासँगको सम्बन्ध लाई जोडेर सेवा प्रवाह गर्दै आएको छ । यही प्रतिबद्धताको हिस्सा स्वरूप यस तीज कार्यक्रममा सहकार्य गरिएको कम्पनीले जनाएको छ ।
इन्टरनेटले समय समयमा विभिन्न अफरहरु ग्राहक समक्ष प्रदान गर्दै आइरहेको छ । पोखरामा स्थापना भएको पोखरा इन्टरनेटले गण्डकी प्रदशेका सबै जिल्लामा आफ्नो सेवा विस्तार गरेर इन्टरनेट प्रदान गर्दै आइरहेको जनाएको छ ।
सम्बन्धित खबर
वडा सदस्य भण्डारीको जन्मदिनमा रक्तदान, १५१ युनिट संकलन
शान्ति निकेतनमा पूर्व आधारभूत तहका विद्यार्थी दीक्षित
प्रतिभा माविका कक्षा १२ का विद्यार्थीको बिदाई
जेनेक्समा बिहीबार गेमिङ प्रतियोगिता
लेकसाइडमा भेटिएको शंकास्पद झोलामा भेटेरिनरीको सामान
घरदैलोमा काँग्रेस कार्यकर्ताको उत्साहजनक सहभागिता
यो पनि पढौँ
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?