पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगीका अभियुक्त संस्थाका पूर्वअध्यक्ष ज्ञानबहादुर बमजन जिल्ला अदालत कास्कीमा उपस्थित भएका छन्।
उनी सूर्यदर्शन सहकारी ठगीको मुख्य योजनाकार एवं ग्यालेक्सी टेलिभिजनका सञ्चालक कम्पनी गोर्खा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्रबाबु (जिबी) राईका जेठान हुन्।
फरार रहेका बमजन आइतबार जिल्ला अदालतमा उपस्थित भएर आफ्नो तर्फबाट बयान दिएका छन्। अदालतका न्यायाधीश शंकरकुमार राईको इजलासमा बमजन उपस्थित भएर बयान दिएका हुन्।
बमजनले नै राईलाई उक्त सहकारीमा लगेर अध्यक्ष बनाएका थिए। बमजनको कम्पनी एवं सहकारीमा काम गर्न थालेपछि जिबी राईले उनकी बहिनी भगवती बमजनसँग दोस्रो विवाह गरेका थिए।
अदातलमा उपस्थित भएर बमजनले सहकारी ठगीमा आफू संलग्न नभएको इन्कारी बयान दिएका छन्। जिल्ला अदालत कास्कीका स्रेष्तेदार राजन खनालका अनुसार बयान सकिएकाले आइतबार नै आदेश आउन सक्ने बताए।
जिल्ला सरकारी वकिलको कार्यालयले अदालतमा पेस गरेको अभियोगपत्रमा बमजन सहकारीको अध्यक्ष हुँदा १ करोड ५४ लाख ४९ हजार ८३९ रुपैयाँ अपचलन गरेको अभियोग लागेको छ। सहकारीबाट अपचन भएको कुल रकम १ अर्ब ५१ करोड रुपैयाको संयुक्त अभियोग पनि बमजनमाथि लागेको छ।
अदालतमा सहकारी पीडितका तर्फबाट अधिवक्ताहरू युवराज पराजुली, बिबि विष्ट र दीपक शर्मा पौडेलले बहस गरेका थिए भने बमजनका तर्फबाट कानुन व्यवसायी द्रोण दाहाल र निर्मलराज पौडेलले बहस गरेका थिए।
सहकारी पीडितलाई भने जानकारी दिइएन
फरार प्रतिवादी बमजन अदालतमा उपस्थित भएर बयान दिँदा जाहेरवालालाई खबर नगरको भन्दै सहकारी पीडितले असन्तुष्टि जनाएका छन्।
सम्बन्धित खबर
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
पोखराका पत्रकारद्वय धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार
प्रतिभा माविमा गणित हाजिरीजवाफ
२० औँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन फागुन २ गते
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो