पोखरा । संघीय मामिला मन्त्रालयले सार्वजनिक गरेको स्थानीय तहको कार्यसम्पादन मूल्यांकनमा कास्कीको रुपा गाउँपालिकाले उत्कृष्ट प्रदर्शन गर्दै जिल्लाका गाउँपालिकाहरूमध्ये शीर्ष स्थान हासिल गर्न सफल भएको छ।
कुल ८७.०० अंक प्राप्त गर्दै रुपाले सेवा प्रवाह, वित्तीय व्यवस्थापन र शासकीय प्रबन्ध जस्ता महत्वपूर्ण सूचकहरूमा आफूलाई अब्बल साबित गरेको हो। आयोगले सार्वजनिक गरेको तथ्यांकले रुपा गाउँपालिकाले नागरिकलाई प्रदान गर्ने सेवाको गुणस्तर र प्रभावकारितामा विशेष ध्यान दिएको देखाउँछ।
कार्यसम्पादन मूल्यांकनको अंकलाई संघीय सरकारले स्थानीय तहलाई प्रदान गर्ने वित्तीय समानीकरण अनुदानको रकम निर्धारण गर्ने एउटा मुख्य आधार मानिन्छ। उत्कृष्ट कार्यसम्पादन गर्ने पालिकाले बढी अनुदान प्राप्त गर्ने भएकाले रुपा गाउँपालिकाको यो सफलताले आगामी आर्थिक वर्षमा थप स्रोत प्राप्त गर्नसमेत मद्दत पुग्नेछ।
रुपा गाउँपालिकाको यो नतिजाले सीमित स्रोतसाधनका बाबजुद पनि कुशल नेतृत्व, स्पष्ट कार्यदिशा र प्रभावकारी कार्यान्वयन भएमा नागरिकको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउन सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेको अध्यक्ष नवराज ओझाले बताएका छन् । रूपा गाउँपालिका ८७.००, मादी गाउँपालिका ८१.००, अन्नपूर्ण गाउँपालिका ८६.०५, माछापुच्छ्रे गाउँपालिका ८३.०० अंक प्राप्त गरेका छन् ।
स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनको नतिजामा कास्की जिल्लाका पाँच स्थानीय तहमध्ये अन्नपूर्ण गाउँपालिका पहिलो भएको छ।
पालिका आफैले गरेर पठाउने मूल्यांकन पद्दति लिजा हो । त्यसका आधारमा मन्त्रालयले परीक्षण पश्चात मूल्यांकन अंक कायम गर्छ । त्यसअनुसार रुपा पहिलो देखिएको हो ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन