अदालतबाट भएको फैसला कार्यान्वयनलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउन जिल्ला प्रहरी कार्यालय स्याङ्जा र वडा प्रहरी कार्यालय वालिङले संयुक्त रूपमा सञ्चालन गरेको विशेष अपरेशन अन्तर्गत फरार कसूरदार पक्राउ परेका छन् ।
भदौ ९ गते सोमबार खटिएको प्रहरी टोलीले अदालतबाट विभिन्न मितिमा फैसला भई जरिवाना भुक्तान नगरेर फरार रहेका दुई व्यक्तिलाई पक्राउ गरी जरिवाना असुलको लागि स्याङ्जा जिल्ला अदालतमा पेश गरेको हो ।
पक्राउ परेकामध्ये स्याङ्जा पुतलीबजार नगरपालिका –१३ का सन्त बहादुर दर्जी अंशवण्डा मुद्दामा दोषी ठहर भएका थिए । उनले ६ हजार ४४५ रुपैयाँ जरिवाना तिर्न बाँकी रहेको थियो । त्यस्तै, भीरकोट नगरपालिका –२ का टोपलाल बिकको मृत्यु लगत कट्टासहित लुटपाट तथा कुटपिट मुद्दामा संलग्न रहेकोमा ५२७ रुपैयाँ ७७ पैसा जरिवाना तिर्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
दुवै जनाबाट असुल गर्नुपर्ने जरिवाना रकम जम्मा ६ हजार ९७२ रुपैयाँ ७७ पैसा रहेको छ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रसन्न राज चौधरीले अदालतको फैसला पूर्ण कार्यान्वयन गरी सुरक्षित र न्यायपूर्ण समाज निर्माणलाई सुनिश्चित गर्न प्रहरी सक्रिय रूपमा लागिपरेको बताए ।
सम्बन्धित खबर
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
तीन वर्षमा स्याङ्जाका दुई हजार ९१० जनाले लिए सुरक्षित गर्भपतन सेवा
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
यो पनि पढौँ
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा