स्याङ्जाको आँधीखोलाको किनारमा अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् र ओसारपसार गर्दै गरेको अवस्थामा प्रहरीले तीन ट्याक्टरसहित चालकलाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार गए राति विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय वालिङ र मातहतका टोलीले वालिङ नगरपालिका –१ ओडारेस्थित आँधीखोलाबाट दुईवटा ट्याक्टर र चालक तथा भीरकोट नगरपालिका –४ बगरस्थित आँधीखोलाबाट एक ट्याक्टरसहित चालक पक्राउ गरेको हो सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिए ।
यसक्रममा ग १ त ४९४१, ग १ त ४४८९ र ग १ त ४८६० नम्बरका जम्मा तीनवटा ट्याक्टर र तीन चालक नियन्त्रणमा परेका छन् । पक्राउ परेकामा बाँके र पाल्पाका स्थायी घर भई हाल स्याङ्जामा बसोबास गर्ने २४ वर्षीय सोभिराम थारु, ३२ वर्षीय बलबहादुर थारु र २९ वर्षीय दुर्गा बहादुर सिंजापती रहेको प्रहरीले जनाएको छ । तर सवारीधनी बारे प्रहरीले केही खुलाएको छैन ।
प्रहरीका अनुसार अनुगमनका क्रममा भीरकोट नगरपालिका –४ छाङ्छाङ्दी बगरमा ५६७.५ घनमिटर बालुवा, र भीरकोट नगरपालिका –४ तथा वालिङ नगरपालिका –११ मा १९७७.३५ घनमिटर बालुवा संकलन गरी राखिएको अवस्थामा फेला पारिएको हो ।
सो अनुगमनमा जिल्ला समन्वय समिति उपप्रमुख, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालय प्रमुख, भीरकोट नगरपालिकाका प्रमुख, पत्रकार तथा स्थानीयबासीको उपस्थितिमा संकलित सामग्री जफत गरिएको थियो ।
प्रहरीले पक्राउ परेका चालक, ट्याक्टर र जफत गरिएका नदीजन्य पदार्थसम्बन्धी थप अनुसन्धान र कानुनी प्रक्रिया सम्बन्धित पालिकामार्फत अघि बढाइएको जनाएको छ ।
सम्बन्धित खबर
निर्वाचनलाई लक्षित गर्दै स्याङ्जामा अवैध हतियार बुझाउन प्रशासनको आग्रह
तेस्रो चापाकोट महोत्सवमा राष्ट्रिय ओपन भेट्रान्स पुरुष भलिबल प्रतियोगिता हुँदै
भीरकोट नगरसभाबाट दुई ऐन पारित
अर्जुनचौपारीमा जबरजस्ती करणी आरोपमा एक जना पक्राउ
भीरकोटमा करेन्ट दुर्घटनाका घाइतेलाई नगरपालिकाको सहयोग
बिरुवा गाउँपालिकाबाट विद्यार्थीलाई दिवा खाजामा पाँच रुपैयाँ अनुदान
यो पनि पढौँ
अर्जुनचौपारीमा जबरजस्ती करणी आरोपमा एक जना पक्राउ
गायक प्रशान्त तामाङ रहेनन्
पोखरा ३३ मा ल्याण्डफिल साइटको विरोधः वडाध्यक्षले खुकुरी नचाएपछि पक्राउ
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबिच ४ घण्टा छलफल