पोखराको हेमजामा रहेको मानव सेवा आश्रममा नेपाल शैक्षिक परामर्श संघ (इक्यान) २९ औं स्थापना दिवस ‘इक्यान डे’ मनाइएको छ ।
इक्यान कास्कीले शुक्रबार आश्रममा आश्रित वृद्धवृद्धालाई खाना खुवाएर स्थापना दिवस मनाएको हो । २९ वर्षअघि भदौ १३ मा औपचारिक रुपमा इक्यानको सुरुआत भएको थियो ।
कार्यक्रमकी प्रमुख अतिथि इक्यान केन्द्रीय उपाध्यक्ष गीता शिवाकोटीले देशैभरका शाखाले शुक्रबार विविध कार्यक्रम गरी स्थापना दिवस मनाएको बताइन् । उनले यसपल्ट मानव सेवा आश्रममा आश्रय लिइरहेका वृद्धवृद्धाबीच स्थापना दिवस मनाउन पाएकोमा खुसी व्यक्त गरिन् ।
इक्यान कास्कीका अध्यक्ष ओमप्रकाश गैह्रेले संस्थाले सामाजिक उत्तरदायित्व बहन गर्न विभिन्न सामाजिक काम गरिरहेको बताए । उनले इक्यान कास्कीको आयोजना र टाइम्स एजुकेसनल कन्सल्टेन्सीको प्रस्तुतिमा भदौ २० र २१ गते पोखरामा हुने आठौं इक्यान एजुकेसन फेयरको तयारी द्रूत गतिमा चलिरहेको जानकारी दिए ।
कार्यक्रममा इक्यान कास्कीका निवर्तमान अध्यक्ष रमेश थापा, उपाध्यक्ष सन्तोष शाही, कार्यसमिति सदस्य विक्रम बस्नेत लगायतले स्थापना दिवसको शुभकामना दिएका थिए ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन