पोखरा वडा नं. १४ मा रहेको कैलाश टोल विकास समितिको नवौं वार्षिक साधारणसभा तथा नवनिर्मित समाज भवनको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि पोखरा वडा नं. १४ का अध्यक्ष बोधबहादुर कार्कीले समाज भवनको औपचारिक रूपमा रिबन काटेर उद्घाटन गरे ।
प्रमुख अतिथि वडाध्यक्ष कार्कीले कैलाश टोललाई १४ नं. वडाभित्रको अग्रणी एवं सक्रिय टोलको रूपमा प्रशंसा गरे । साथै, उनले टोलको समुन्नत विकासका लागि कुनै पनि राजनीतिक दलको कार्यकर्ता नभई स्थानीय बासिन्दा भई एकताबद्ध भएर काम गर्न आग्रह गरे ।

उनले वडा कार्यालयमा अहिले धेरैजसो काम कम्प्युटर प्रणालीगत रूपमा सञ्चालन भइसकेको जानकारी समेत गराए । यसैगरी सक्रिय र एकजुट भई काम गर्न सकेमा महानगर तथा प्रदेश सरकारबाट विकास योजना ल्याएर टोलको निर्माण गर्न सकिने धारणा पनि व्यक्त गरे ।
टोल विकास समितिका अध्यक्ष तिलक बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा टोलका पूर्व अध्यक्षहरू समेतको उपस्थिति रहेको थियो ।समितिका सचिव राधिका बरालले कार्यक्रमको सञ्चालन गरेकी थिइन् ।

यस कार्यक्रमले कैलाश टोलको सामाजिक, भौतिक तथा संस्थागत विकासमा थप ऊर्जा थप्ने विश्वास गरिएको छ। स्थानीय बासिन्दाहरूको उत्साहजनक उपस्थिति र सहभागिताले टोलमा एकताको बलियो सन्देश दिएको छ ।
उक्त अवसरमा एसईईमा उत्तीर्ण टोलका विद्यार्थीहरुलाई सम्मान पनि गरिएको थियो ।
सम्बन्धित खबर
प्रतिभा माविमा कक्षा ११ र १२ का विद्यार्थीबीच ‘स्पोर्टस् मीट’ सुरू
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’
प्रतिभा माविमा बिजनेस प्लानसम्बन्धी प्रस्तुती
पोखरा जेसीजको अध्यक्षमा सुमन पहारी विजयी
न्यु मोडेलकी सुसम रानाभाट पिस पोस्टर प्रतियोगितामा प्रथम
पोखरामा मधुमेह दिवस मनाइयो
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’