मिस नेपाल–२०२५ को ताज लुना लुँइटेलले पहिरिन्

उपाधि

मिस नेपाल–२०२५ को ताज लुना लुँइटेलले पहिरिन्

miss-nepal_2025

लुना लुइँटेलले मिस नेपाल वर्ल्डको ताज पहिरिएकी छन्। शनिबार ललितपुरमा भएको ग्राण्ड फिनालेमा उनले अन्य प्रतिस्पर्धीलाई पछि पारेकी हुन्।

सोनी घले मिस अर्थ र उरुषा भण्डारीले मिस नेपाल इन्टरनेसनको उपाधि जितिन्। काठमाडौँ । लुना लुइँटेल यस वर्षको मिस नेपाल वर्ल्ड बनेकी छन् । शनिबार ललितपुरको गोदावरीमा सम्पन्न ग्राण्ड फिनालेमा अन्य २५ प्रतिस्पर्धीलाई पछि पार्दै उनी मिस नेपालको टाइटल जित्न सफल भएकी हुन् ।

उनलाई पूर्वमिस नेपाल आस्मा कुमारी केसीले ताज लगाइदिएकी थिइन्। यस्तै, मिस अर्थ सोनी घले भइन् भने मिस नेपाल इन्टरनेसनको ताज उरूशा भण्डारीले जितिन्। यस्तै दिपशिखा नेपाल फस्ट रनरअप बनिन् ।

सो अवसरमा निर्णायक मण्डलले अन्य टाइटल विजेताहरूको नाम पनि सार्वजनिक गर्यो।

मिस कन्फिडेन्ट – प्रगिका क्षेत्री

मिस टाइमलेस एलिगेन्स – उरुशा भण्डारी

मिस हेल्दी स्किन – आरती थापा

मिस ग्रीन भिजनरी – जगदिश्वरी शाह

मिस प्रिस्टिन – प्रियंका थापा

मिस पपुलर च्वाइस – उरुशा भण्डारी

मिस ब्यूटिफुल हेयर – स्वेच्छा थापा

मिस एम्पावर्ड च्वाइस– दीपशिखा नेपाल

फेस अफ द इयर – स्मृति श्रेष्ठ घोषित भए ।

हिडन ट्रेजरले आयोजना गरेको मिस नेपालको ३१ औं संस्करणमा सहभागी प्रतियोगीहरूले आफ्नो प्रतिभा, आत्मविश्वास र सौन्दर्य प्रस्तुत गरेका थिए। विजेताहरुलाई आयोजक तथा निर्णायक मण्डलका सदस्यहरूले ताज र प्रमाणपत्र प्रदान गरेका थिए।

को-को थिए २६ प्रतिस्पर्धी ?

१) सान्भी मण्डल
२) संस्कृति भट्टराई
३) सुदिना हुमागाईं
४) श्रुती महर्जन
५) अनुराधा शर्मा ढकाल
६) अनुप्रिया ठाकुर
७) दीपशिखा नेपाल
८) जगदिश्वरी शाह
९) लुना लुइँटेल
१०) जशोदा कार्की
११) आश्रीया थापा
१२) उरुषा भण्डारी
१३) अञ्जिला रजक
१४) सृष्टिकुमारी तामा
१५) क्रिस्टिना बस्नेत
१६) आरती थापा
१७) समृद्धि केसी
१८) सइच्छा थापा
१९) स्वाती पञ्जियार
२०) सोनी घले
२१) श्रीयानी श्रेष्ठ
२२) स्मृति श्रेष्ठ
२३) ओजल रायमाझी
२४) निलिमा पाण्डे
२५) प्रियंका थापा

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ