पोखरा । विद्यार्थीहरुको पढाइ सँगसंगै अतिरिक्त क्रियाकलापमा अब्बल बनाउने उद्देश्यले पोखराको नदीपुरमा अवस्थित प्रतिभा माध्यमिक विद्यालयले प्रतिभा प्रस्फुटन कार्यक्रम सम्पन्न गर्यो ।
आइतबार कक्षा ४ र ५ तथा सोमबार कक्षा २ र ३ का विद्यार्थीहरूले कक्षागत रुपमा आफ्ना प्रतिभाहरु प्रस्तुत गरेका थिए ।
विद्यालयका फाइनान्स डाइरेक्टर विश्वगोपाल पराजुलीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा पराजुलीले विद्यार्थीहरुको प्रतिभालाई उजागर गर्नका लागि विद्यालयले समय समयमा विद्यार्थी केन्द्रित कार्यक्रम गर्दै आइरहेको बताए ।

विद्यार्थीहरुको विभिन्न संस्कृति झल्कने नृत्यबाट आफू अत्यन्त हर्षित भएको पराजुलीले बताए । बालबालिकाहरू प्रकृतिका एउटा अनुपम उपहार भएको बताउँदै उनीहरुले आफ्नो क्षमतालाई समयमै चिनेर अघि बढ्नुपर्ने उनले बताए ।
विद्यार्थीहरूले विभिन्न जातजाति, क्षेत्र, सामाजिक तथा विविध सांस्कृतिक झल्कने नृत्यहरुमा आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । गायनमा अब्बल विद्यार्थीहरूले गीत प्रस्तुत गरे ।
४ वटै कक्षाको बेग्लाबेग्लै कार्यक्रममा सम्बन्धित कक्षाका विद्यार्थीहरूले अध्यक्षता ग्रहण, स्वागत र सञ्चालन गरेका थिए ।

कार्यक्रममा सहायक प्रिन्सिपल प्रदीप खनालले पनि प्रतिभा अवलोकन गरेका थिए ।
सम्बन्धित खबर
लायन्स क्लब अफ पोखरा वर्किङ टुगेदरद्वारा बृहत् वृक्षारोपण
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
निजी क्षेत्रसँग सहकार्य बढाउँदै पर्यटन प्रवर्द्धन: बोर्ड सदस्य पोखरेल
पिसिएमका विद्यार्थी आचार्यले पाए १२ लाखको उद्यमशीलता अनुदान
पोखरामा शृंखलाबद्ध चोरी: भारतीय प्रत्यक्ष चोरीमा संलग्न, चिनियाँले ‘रेकी’ गर्ने र नेपालीले घर देखाउने
परिवार नियोजन संघ कास्की सभापतिमा पुनः सिग्देल
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
ब्रड पिकको ५,७०० मिटर उचाइमा निम्सदाइको शव भेटियो