गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखरा वडा नं. १७ स्थित पाताले छाँगो (डेभिज फल्स) ४० वर्षलाई निजी कम्पनीलाई ठेक्कामा दिने विषयले उग्र रूप लिएको छ ।
पोखरा महानगरपालिकाले ४० वर्षका लागि पाताले छाँगोमा सीसाको पुलसहित भव्य संरचना निर्माण गर्न सेती क्यानोनिङ प्रालिलाई ठेक्का दिने सम्झौता गरेको छ ।
जिम्मा पाएको ठेकेदार कम्पनीले बिहीबार बिहान सार्वजनिक सुनुवाइ राखेको थियो । हप्तादिन अगाडि पनि सार्वजनिक सुनुवाई बिथोलिएको थियो ।
बिहीबार पनि विभिन्न पार्टीका विद्यार्थी नेता, स्थानीयको विरोधले बिथोलिन पुग्यो । मेयर धनराज आचार्य कार्यक्रमस्थल छाडेर सुरक्षा घेरामा बाहिरिएका थिए । मेयरले जवाफ नदिइ भागेको भन्दै नाराबाजी र विरोध गरेका थिए ।
एकातिर ठेकेदार तथा महानगरका पक्ष र अर्कातिर स्थानीयबासी तथा विद्यार्थीहरू ठूलो संख्यामा उपस्थित भएका थिए ।
ठेकेदार पक्षका युवाहरूले खुकुरी प्रहार गर्दा नेपाल विद्यार्थी संघका नेता निर्दोष विक्रम पौडेललगायत घाइते भएका छन् । पौडेललाई उपचारका लागि अस्पताल लगिएको थियो ।
प्रहरीका अनुसार खुकुरी प्रहार गर्ने बंशसिंह खवास पक्राउ परेका छन् । प्रहरीले खवासलाई खुकुरीसहित पक्राउ गरेको हो । खवास पनि नेवि संघकै नेता हुन् ।
कार्यक्रम सुरू भएलगत्तै विभिन्न विद्यार्थी संगठनका नेता र स्थानीयले विपक्षमा नाराबाजी गरेका थिए भने कुनै पनि हालतमा योजना अगाडि बढाउन नदिने चेतावनी दिएका थिए ।
ठेक्का पाएका सेती क्यानोनिङका सञ्चालक कर्केन गुरूङले आफूले लगानी गर्न लागेको, अदालतले पनि आफ्नो पक्षमा फैसला गरेको र स्थानीयको माग पनि सम्बोधन गर्ने बताउँदै कार्यक्रम समापन गरे पनि विवाद कायमै थियो । कार्यक्रम सकिइसकेपछि विरोध गर्ने विद्यार्थीमाथि खुकुरी प्रहार भएको हो ।
पाताले छाँगो घुम्न गएका पर्यटकबाट बर्सेनि करोडौं रकम संकलन हुन्छ । प्रवेश टिकट लिएर पर्यटकबाट शुल्क संकलनचाहिँ छाँगो नजिकै रहेको छोरेपाटन माविले गर्दै आएको छ । सँगै विद्यालयले यहाँको रेखदेख तथा संरक्षण लगायत काम गर्दै आएको छ । त्यही रकमबाट विद्यालयले भौतिक पूर्वाधार बनाउनेदेखि शिक्षकलाई तलब भर्ने काम पनि गरिरहेको छ । तर पोखरा महानगरले छाँगो निजी कम्पनीलाई दिने सम्झौता गरिसकेपछि विद्यालय र महानगरबिच द्वन्द्व बढेको छ ।
छोरेपाटन मावि आफ्नो आम्दानीको स्रोत बन्द हुने चिन्तामा परेको छ । पोखरा महानगर अघिल्लो कार्यकालको जनप्रतिनिधिले गरेको सम्झौतालाई कार्यान्वयन गराउने तयारीमा छ । विद्यालय व्यवस्थापन समिति त्यसको प्रतिकार गरिरहेको छ ।
१ माघदेखि आफैले छाँगोको सञ्चालन र व्यवस्थापन गर्न भनेर महानगरको टोली मंगलबार पुगेको थियो । तर, स्थानीय, राजनीतिक, दल, विद्यार्थीको साथ पाएको विद्यालयले विवाद सिर्जना गरेपछि दिनभर जसो डेभिज फल गेट अशान्त बन्यो ।
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
अनुभवहीन नयाँ पात्रको उदयले लोकतन्त्र र राष्ट्रिय स्वाभिमानमाथि प्रश्न उठ्यो: पूर्वराष्ट्रपति भण्डारी
कैलालीमा मरेको ब्रोइलरको मासु खाँदा दुई दाजुभाइको मृत्यु, आमा र भाइ अस्पतालमा