पोखरा यातायात प्रालिको सातौं वार्षिक साधारणसभा बिहीबार सम्पन्न भएको छ । कार्यक्रम उद्घाटन गर्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकीका संयोजक केदार पौडेलले पोखरा यातायातले दूरदराजमा सेवा दिइरहेको बताए ।
पोखरा १६ का वडाध्यक्षसमेत रहेका कम्पनीका सल्लाहकार अमृत शर्मा तिमिल्सिनाले पोखरामा २ सयदेखि साढे २ सय यात्रुवाहक बस पर्याप्त हुने भए पनि ८ सयभन्दा बढी बस सञ्चालित रहेको बताए । उनका अनुसार केही निकायको सहकार्यमा पोखराको यातायात व्यवस्थापन सुव्यवस्थित गर्ने तयारी भइरहेको छ ।
पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी अध्यक्ष योगेन्द्रबहादुर केसीले यातायात क्षेत्रलाई सरकारले प्राथमिकतामा नपार्दा व्यवसायीहरु समस्या परेको गुनासो गरे । उनले यातायात व्यवसायीको पेशागत सुरक्षामा तत्काल ध्यान दिनुपर्ने आवश्यकता औंल्याए ।
कार्यक्रममा सल्लाहकार वसन्त प्रधान र बमबहादुर गुरुङ, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ जिल्ला समन्वय समिति कास्की संयोजक कृष्ण पौडेल, नेपाल यातायात स्वतन्त्र मजदूर संगठन गण्डकी अध्यक्ष देवीराज थिङलगायतले व्यवसायीलाई यात्रुमैत्री सेवा प्रदान गर्नुपर्ने बताए ।
सम्बन्धित खबर
डोल्पाको जुफालमा अवतरणका क्रममा सीता एयरको विमानको चक्का फुत्कियो
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन
रोनाल्डो हात्तीको मृत्यु, ३८ छावाको बाबु थिए रोनाल्डो
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
यो पनि पढौँ