रुसले क्यान्सर विरुद्धको लडाइँमा नयाँ सफलता हासिल गरेको छ। रुसको संघीय चिकित्सा तथा जैविक एजेन्सी (एफएमबीए)ले क्यान्सर खोप विकास गरेको हो।
रुसले विकास गरेको एमआरएनए प्रविधिमा आधारित नयाँ खोप ‘एन्टेरोमिक्स’ले क्लिनिकल परीक्षणमा १०० प्रतिशत प्रभावकारिता र सुरक्षा देखाएको छ। खोपले क्यान्सर कोषहरूलाई नष्ट गर्ने र ठुला ट्युमरलाई उल्लेख्य रूपमा सानो बनाउने क्षमता देखाएको छ।
खोप सार्वजनिक प्रयोगका लागि उपलब्ध गर्नुअघि स्वास्थ्य मन्त्रालयको अन्तिम स्वीकृतिको पर्खाइमा रहेको रुसी समाचार एजेन्सी (तास)ले जनाएको छ।
यो अनुसन्धान धेरै वर्षसम्म चलेको थियो। यसमध्ये पछिल्ला तीन वर्ष अनिवार्य प्रिक्लिनिकल अध्ययनमा मात्र समर्पित थिए। खोप अब प्रयोगका लागि तयारमा छ। वैज्ञानिकहरूले आफूहरू आधिकारिक स्वीकृतिका लागि पर्खिरहेको बताए।
वैज्ञानिकहरूले परीक्षणका क्रममा गम्भीर दुष्प्रभाव नदेखिएको र बिरामीहरूले सजिलै सहन गरेको बताए।
यसअघि ४८ स्वयंसेवक सहभागी भएको क्लिनिकल परीक्षण सुरु भएको घोषणा गरिएको थियो। यो खोप स्वास्थ्य मन्त्रालयअन्तर्गतको राष्ट्रिय चिकित्सा अनुसन्धान रेडियोलोजिकल केन्द्र र रसियन एकेडेमी अफ साइन्सेसको इएमबी संस्थानले संयुक्त रूपमा विकास गरेको हो।
‘मेडपाथ’को रिपोर्टअनुसार खोपले चार प्रकारका हानिरहित भाइरस प्रयोग गरेर क्यान्सर ट्युमरमाथि आक्रमण गरी नष्ट गर्छ र रोग प्रतिरोधात्मक प्रणालीलाई अझ सशक्त बनाउँछ। लामो समयको प्रारम्भिक परीक्षणपछि यसले ट्युमरको वृद्धिलाई सुस्त बनाउन मात्र नभइ कतिपय अवस्थामा पूर्ण रूपमा नष्ट गर्न समेत सक्षम भएको प्रमाणित भएको छ।
परीक्षणको सुरुआत सन् २०२५ जुन १८ देखि २१ तारिखसम्म सान्क्त–पिटर्सबर्ग अन्तर्राष्ट्रिय आर्थिक सम्मेलनमा घोषणा गरिएको थियो। राष्ट्रपति कार्यालयअन्तर्गतको रोसकङ्ग्रेस एजेन्सीद्वारा आयोजित उक्त कार्यक्रममा रुसको चिकित्सा अनुसन्धान र जैवप्रविधि क्षेत्रमा भएको प्रगति प्रस्तुत गरिएको थियो।
सफल परीक्षणपछि अब बाँकी रहेको चरण नियामक स्वीकृति मात्र हो। आगामी केही साताभित्र स्वास्थ्य मन्त्रालयले अन्तिम समीक्षा गर्ने अपेक्षा गरिएको छ।
स्वीकृति पाइयो भने एन्टेरोमिक्स सार्वजनिक प्रयोगका लागि उपलब्ध हुने पहिलो व्यक्तिगत एमआरएनए क्यान्सर खोप बन्नेछ। यसले क्यान्सर उपचारको क्षेत्रलाई रूपान्तरण गर्ने र लाखौँ बिरामीका लागि नयाँ आशा दिने सम्भावना रहेको विज्ञहरूले बताएका छन्।
सम्बन्धित खबर
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु
इरानको ड्रोन आक्रमणमा परी युएईमा १५ नेपाली घाइते
अमेरिका र इजरायलले गरेको आक्रमणमा इरानका सर्वोच्च नेता खामेनेई मारिएको पुष्टि
१९ लाख नेपालीलाई उच्च सतर्कता अपनाउन अपिल
मध्यपूर्व क्षेत्रमा तनाव उत्पन्न भएपछि विश्वभर उडान प्रभावित, त्रिभुवन विमानस्थलमा यात्रुहरु अलपत्र
बंगलादेशमा तरिकको नेतृत्वमा नयाँ सरकार बन्दै, मन्त्रीका लागि कार तयार
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह