जिल्ला प्रशासन कार्यालय स्याङ्जाले हिजो दिउँसोदेखि लागू गरिएको कर्फ्यू आज बिहान ६ बजेदेखि हटाएको छ । कर्फ्यू हटेसङ्गै स्याङ्जा क्रमशः सामान्य बन्दै गएको छ । आज बिहानदेखि जिल्लाभरका पसलहरू पूर्णरुपमा खुलेका छन् भने निजी सवारीसाधन पनि चल्न थालेका छन् ।
भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दको विरोधमा भदौ २३ र २४ गते राष्ट्रव्यापी रुपमा जेन-जेड समूहले गरेको आन्दोलनको प्रभाव स्याङ्जामा समेत परेपछि बुधबार दिउँसोदेखि कर्फ्यू जारी गरिएको थियो ।
कर्फ्यू पुनः लगाउने वा नलगाउनेबारे अवस्था हेरेर निर्णय गरिने प्रमुख जिल्ला अधिकारी (प्रजिअ) ईश्वरीप्रसाद अर्यालले जानकारी दिए । उनले भने, “जिल्लाको अवस्था सामान्य हुँदै गएको छ । आज दिनभर उच्च सतर्कता अपनाइनेछ, त्यसपछि आवश्यकता अनुसारको निर्णय लिइनेछ ।”
नेपाल आर्मी पनि जिल्लामा हुने संकास्पद गतिविधि नियन्त्रणमा सक्रिय हुने प्रजिअ अर्यालको भनाइ छ । तर देशभर निषेधाज्ञा जारी भएकाले सभा–जुलुस तथा भीडभाडमा भने कडा प्रतिबन्ध कायम रहने उनले स्पष्ट पारे ।
यसैबीच, स्वास्थ्य, खानेपानी लगायतका अत्यावश्यक सेवामा भने कुनै अवरोध नआएको प्रशासनले जनाएको छ । सेवा प्रवाहमा समस्या परे तत्काल जिल्ला प्रशासनसँग सम्पर्क गर्न आग्रह गरिएको छ ।
सम्बन्धित खबर
अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार