जेन-जेड आन्दोलनका क्रममा देशभर भदौ २३ र २४ गते ठूलो संख्यामा भएको हताहतीले स्याङ्जा पनि मर्माहत बनेको थियो । यही कारण बुधबारदेखि अनिश्चितकालीन बिदा घोषणा गरेका स्याङ्जाका छ पालिका आइतबारदेखि पुनः सञ्चालनमा आएका छन् ।
बन्दको घोषणा गर्नेमा गल्याङ, भीरकोट र वालिङ नगरपालिका साथै हरिनास, बिरुवा र कालीगण्डकी गाउँपालिका रहेका थिए ।
पालिकाहरूले विज्ञप्ति जारी गर्दै वडा कार्यालयदेखि शैक्षिक संस्था र सम्पूर्ण संघ–संस्था अर्को सूचना नआएसम्म बन्द रहने जनाएका थिए । तर, परिस्थिती क्रमशः सामान्य बन्दै गएपछि आइतबारदेखि सेवा प्रवाह सुरु गरेका हुन् ।
यतिबेला पालिकाहरूले विज्ञप्तिमार्फत आन्दोलनका क्रममा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन् । घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सबैलाई संयमित र शान्तिपूर्ण समाधानतर्फ अघि बढ्न आह्वान गरिएको छ ।
यसैबीच, स्याङ्जामा पनि जेन-जेड आन्दोलनका प्रदर्शन भए पनि ठूला अप्रिय घटना भने नभएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।
उनका अनुसार मंगलबार सदरमुकाम स्याङ्जा बजारमा प्रदर्शनका क्रममा जिल्ला प्रशासन कार्यालय, पुतलीबजार नगरपालिकाको कार्यालय तथा नेकपा एमाले र नेपाली काँग्रेसको जिल्ला कार्यालयका सिसा फुटाइएका थिए । त्यस्तै, ट्राफिक चोकमा रहेको बि.पी. कोइरालाको शालिकसमेत तोडफोड गरिएको थियो ।
प्रहरी उपरीक्षक न्यौपानेका अनुसार केही क्षति भए पनि आन्दोलन तुलनात्मक रूपमा शान्तिपूर्ण रह्यो । देशभरको तुलनामा स्याङ्जाका जेन-जेडहरूले अपेक्षाकृत संयमता अपनाएको देखिएको छ ।
सम्बन्धित खबर
शिक्षकको जागिर छाडेर २२० रोपनीमा कागती खेती
अवैध रुपमा नदीजन्य पदार्थ ओसारपसार गरिरहेको ट्याक्टर कारबाहीमा, ३० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा पुँजीगत बजेट खर्च ६८ प्रतिशतमा सीमित
पुतलीबजारका केही वडामा धानमा खपटे किराको प्रकोप
गोपालमान श्रेष्ठको निधनमा पुतलीबजारमा बुधबार सार्वजनिक बिदा
स्याङ्जाको सुन्तलाबाट एक वर्षमै सवा अर्बभन्दा बढी आम्दानी
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प, बिरामी मर्कामा
सपनामा पनि मलाई संघीयता विरोधी नसोच्नुस्, हिन्दूराष्ट्र र राजतन्त्रको पक्षमा म छैन: बालेन