पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीमा आगो लगाउँदा आफै जलेर घाइते भएका ४३ वर्षीय विजय तामाङको मृत्यु भएको छ। यससँगै पोखरामा प्रदर्शनका क्रममा भएको आगजनीमा मृत्यु हुनेको संख्या तीन पुगेको छ ।
प्रदर्शनकारीले जिल्लाका सरकारी कार्यालयहरू तोडफोड र आगजनी गर्ने क्रममा तामाङको समूह जिल्ला प्रहरी कार्यालयमा आगजनी गर्न गएका थिए।
उनको समूहले प्रहरीमा डोजर आक्रमण गरी प्रहरीलाई लखेटेर आगजनी गरेका थिए। आगजनीमा आफै जलेपछि तामाङलाई उनका साथी दलबहादुर गुरूङले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गर्न लगेका थिए।
शरीरका अधिकांश भाग जलेको अवस्थामा तामाङको उपचारका क्रममा मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ।
चितवनको भरतपुर महानगरपालिका– १० स्थायी घर भएका तामाङ पोखरा– १६ मा बस्दै आएको खुलेको कास्की प्रहरीका सूचना अधिकारी डिएसपी हरिबहादुर बस्नेतले जानकारी दिए।
यसअघि २४ भदौमा पोखरा नयाँबजारमा रहेको हिमालय अर्गनाइजेसनको अटो सोरूम र लेकसाइडमा रहेको अंशुभरा स्क्वायरमा एक-एक महिला जलेर निधन भएको अवस्थामा फेला परेका थिए । उनीहरू कामदार थिए ।
नयाँबजारस्थित सामाजिक विकासमन्त्री विन्दुकुमार थापाको भाइ ध्रुब थापाको घरमा जेनजी प्रदर्शनकारीले आगो लगाउँदा मृत्यु हुने सञ्जु नगरकोटी हुन् । उनी घरेलु कामदारको रूपमा कार्यरत रहेको प्रहरीले जनाएको छ । सञ्जुको स्थायी ठेगाना सिन्धुपाल्चोक भएको बुझिए पनि उनको पालिका र वडा भने अझै निश्चित हुन सकेको छैन ।
यस्तै, आन्दोलनकारीले मंगलबार जलाइदिएको पोखरा लेकसाइडस्थित गण्डकीका मन्त्री तथा व्यवसायी विन्दुकुमार थापाको अंशुभरा ग्रुपको भवनमा पनि एक युवतीको शव भेटिएको छ । भवनमा बिहान जलेको अवस्थामा युवतीको शव भेटिएको प्रहरीले जनाएको छ । शव २६ वर्षीया स्वास्थ्यानी खड्काको भएको प्रहरीले पुष्टि गरेको छ । उनी स्पामा काम गर्थिन् । प्रहरीले जनाए अनुसार भवनभित्रै रहेका बेला प्रदर्शनकारीले आगजनी गरेपछि उनको जलेर मृत्यु भएको हो । स्वस्थानीको स्थायी ठेगाना दैलेखको बैतेश्वर गाउँपालिका वडा नम्बर ८ रहेको कास्की प्रहरीले जनाएको छ ।
आन्दोलनकारीले मन्त्री थापाको घर, व्यावसायिक प्रतिष्ठान अशुंभरा र बगैंचा रिसोर्टमा तोडफोड, लुटपाट र आगजनी गरेका थिए ।
मंगलबार आन्दोलनकारीले पोखराका प्रमुख कार्यालय सबै जलाइदिएका छन् भने मन्त्री थापा, मेयर धनराज आचार्य, नेता राजीव पहारीको घर र बगैंचासँगै भरत पहारीको होटल सरोबर र जितु गुरूङको बरपीपल रिसोर्ट समेत तोडफोड र आगजनी गरेका थिए ।
जेनजी आन्दोलनका क्रममा भएको आगजनीले देशभर अकल्पनीय क्षति पुगेको छ ।
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो