पोखरा । जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाको सरूवा भएको छ । अब कास्की प्रहरीको कमाण्ड एसपी नवीन कार्कीले सम्हाल्नेछन् ।
एसपी कार्की कस्केलीका लागि नौलो नाम होइन । २०७५ असोजमा पोखरा २२ पुम्दीभुम्दी, कोदीकी १० वर्षीया बालिका श्रीया सुनार बिकको बलात्कार गरी हत्या गर्ने छिमेकी कुसुम पौडेललाई १३ घण्टामै पक्राउ गरेर कानुनी कठघरामा उभ्याएका कार्की यहाँ डीएसपी रहँदा चर्चित प्रहरी थिए । वडा प्रहरी कार्यालय, बैदामको भव्य भवनको निर्माणमा पनि उनले नेतृत्वदायी भूमिका निर्वाह गरेका छन् ।
अब उनी वडा पछि कास्की जिल्ला नै कमाण्ड गर्न आउँदैछन् । कार्की काठमाण्डौ उपत्यका प्रहरी कार्यालय अन्वेषण योजना तथा विकास शाखा, रानीपोखरीमा कार्यरत थिए ।
कास्कीका प्रहरी प्रमुख श्यामबाबु ओलिया भने केन्द्रीय अनुसन्धान ब्यूरो अनुसन्धान महाशाखा, काठमाण्डौमा सरुवा भएका छन् । एसपी मोहन थापाको स्थानमा गत वर्ष असोज ७ गते कास्की प्रहरीको नेतृत्व पाएका ओलियाले कास्कीमा ११ महिना कमाण्ड गर्दा आलोचित बन्नुपरेन । यस अवधिमा ‘अपरेसन एल्लो मेटल’, अनलाइन जुवा र क्रिप्टोकरेन्सी कारोबारी पक्राउ, डलर र युरो अवैध कारोबारी पक्राउ लगायतका उल्लेख्य कामहरू भए ।
हालै भएको जेन–जी आन्दोलनमा जिल्ला प्रहरी कार्यालय, कास्कीमा पनि ठूलो क्षति पुग्यो । यद्यपी, प्रहरीको महत्वपूर्ण कागजात रक्षा गर्न सफल भए भने उनी नेतृत्वको सबै प्रहरीको ज्यानपनि बच्न सक्यो । काठमाण्डुमा तीन प्रहरीले ज्यान गुमाए । विषम परिस्थितिपछि उनको नियमित सरुवा नै हो । सामान्यतया प्रहरी प्रमुखहरु १ वर्षमा परिवर्तन हुन्छन् ।
प्रहरी प्रधान कार्यालयले ४८ जना प्रहरी उपरीक्षक (एसपी) को सरूवा गरेको छ । प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले भदौ ३१ गते गरेको निर्णय अनुसार काठमाडौं उपत्यकासहित विभिन्न जिल्लाका ४८ जना एसपीको सरूवा भएका हुन् ।






सम्बन्धित खबर
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
रवि लामिछानेमाथि लागेको संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा सरकारद्वारा फिर्ता
अर्जुनचौपारीमा जबरजस्ती करणी आरोपमा एक जना पक्राउ
१५ वर्षीया बालिका मृत्यु प्रकरण: पुतलीबजारका ४४ वर्षीय तिवारी पक्राउ
‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो