गण्डकीमा जेन-जी आन्दोलनबाट क्षतिग्रस्त संरचनाको प्रारम्भिक मूल्याङ्कन सुरु

आन्दोलन असर

गण्डकीमा जेन-जी आन्दोलनबाट क्षतिग्रस्त संरचनाको प्रारम्भिक मूल्याङ्कन सुरु

1000052257

पोखरा । नेपाल इन्जिनियर्स एसोसिएसन, गण्डकी प्रदेशले जेनजी (Gen Z) आन्दोलनका क्रममा क्षतिग्रस्त भएका भौतिक संरचनाहरूको प्रारम्भिक अवस्थाको अध्ययन तथा मूल्याङ्कन गर्ने Rapid Visual Damage Assessment (RVDA) अभियान आजदेखि (मिति २०८२ असोज ३ गते) औपचारिक रूपमा सुरु गरेको छ।

यस अभियान अन्तर्गत गण्डकी प्रदेश मातहतका विभिन्न मन्त्रालय, सरकारी कार्यालय तथा सार्वजनिक भवनहरूको स्थल निरीक्षण गरी क्षतिको अवस्थाबारे तथ्यांक संकलन कार्य सुरु गरिएको छ। संकलित विवरणहरू आगामी चरणमा पुनर्निर्माण, मर्मत तथा जोखिम न्यूनीकरणका लागि आधार बन्ने अपेक्षा गरिएको नेपाल इन्जिनियर्स एसोसिएसन, गण्डकी प्रदेशले जनाएको छ।

गठन भएका इन्जिनियरहरूको समूह र निरीक्षण क्षेत्रः

समूह–१

टीम लिडरः ई. दीपक थापा (Structural Engineer)

सदस्यहरूः ई. याम बहादुर थापा, ई. हरि प्रसाद अधिकारी, ई. धर्मीराज अधिकारी, अ. बाबुराम बराल, ई. अनुप थापा (पू.वि.का., कास्की)

निरीक्षण गर्ने स्थानः गण्डकी प्रदेश सभा, गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय/निवास

समूह–२

टीम लिडरः ई. बिमल भण्डारी (Structural Engineer)

सदस्यहरूः ई. सन्तोष जिसी, ई. शिशिर कुमार बर्तौला, ई. कौशल चन्द्र जिसी, ई. सुरज श्रेष्ठ (पू.वि.का., कास्की)

निरीक्षण गर्ने स्थानः ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्रालय/निवास, सिंचाइ विकास डिभिजन कार्यालय, प्रदेश नीति तथा योजना आयोग/निवास

समूह–३

टीम लिडरः ई. रमेश सुवेदी (Structural Engineer)

सदस्यहरूः ई. सन्तोष औजा, ई. मोहन सिग्देल, ई. सुमित बिपुलचन्द्र, ई. महेन्द्र पौडेल, ई.कृष्ण घिमिरे, ई. विजय सुवेदी (पू.वि.निर्देशनालय)

निरीक्षण गर्ने स्थानः सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय/निवास, शिक्षा विकास निर्देशनालय, गण्डकी विश्वविद्यालय, सामाजिक विकास मन्त्रालयसँग सम्बन्धित अन्य निकाय, प्रदेश लोकसेवा आयोग

समूह–४

टीम लिडरः ई. ध्रुव गजुरेल पुन (Structural Engineer)

सदस्यहरूः ई. कृष्ण राज सिग्देल, ई. किरण सिग्देल, ई. सृजन पौडेल, ई. राजेश चित्रकार (पू.वि.का., कास्की)

निरीक्षण गर्ने स्थानः उद्योग तथा पर्यटन मन्त्रालय/निवास, कृषि तथा भूमि व्यवस्था मन्त्रालय/निवास, कृषि विकास निर्देशनालय एवं सम्बन्धित निकायहरू

समूह–५

टीम लिडरः ई. किरण लिलाल (Structural Engineer)

सदस्यहरूः ई. सन्देश पराजुली, ई. पारस रेग्मी, ई. मनोज बराल, ई. सन्देश बोहोरा (पू.वि.का., कास्की)

निरीक्षण गर्ने स्थानः वन तथा वातावरण मन्त्रालय/निवास, वन निर्देशनालय तथा सम्बन्धित निकाय, यातायात व्यवस्था कार्यालय (सवारी), यातायात कार्यालय (सवारी चालक अनुमति पत्र)

समूह–६

टीम लिडरः ई. निराजन पौडेल (Structural Engineer)

सदस्यहरूः ई. बृजेश के.सी., ई. विशाल बराल, ई. बिश्वास आचार्य, ई. सचिन अधिकारी (पू.वि. निर्देशनालय)

निरीक्षण गर्ने स्थानः प्रदेश प्रमुखको कार्यालय/निवास, आर्थिन मामिला मन्त्रालय/निवास, पूर्वाधार विकास निर्देशनालय (ड्यामसाइड), पूर्वाधार विकास कार्यालय (कास्की), भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालय/निवास

यस अभियानले गण्डकी प्रदेशका सरकारी भवनहरूको वास्तविक क्षतिको अवस्था उजागर गर्दै आगामी पुनर्निर्माण योजनाका लागि प्राविधिक आधार तयार गर्ने जानकारी नेपाल इन्जिनियर्स एसोसिएसन, गण्डकी प्रदेशका सदस्य इन्जिनियर महेन्द्र पौडेलले बताए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ