पोखरा । नेपाल इन्जिनियर्स एसोसिएसन, गण्डकी प्रदेशले जेनजी (Gen Z) आन्दोलनका क्रममा क्षतिग्रस्त भएका भौतिक संरचनाहरूको प्रारम्भिक अवस्थाको अध्ययन तथा मूल्याङ्कन गर्ने Rapid Visual Damage Assessment (RVDA) अभियान आजदेखि (मिति २०८२ असोज ३ गते) औपचारिक रूपमा सुरु गरेको छ।
यस अभियान अन्तर्गत गण्डकी प्रदेश मातहतका विभिन्न मन्त्रालय, सरकारी कार्यालय तथा सार्वजनिक भवनहरूको स्थल निरीक्षण गरी क्षतिको अवस्थाबारे तथ्यांक संकलन कार्य सुरु गरिएको छ। संकलित विवरणहरू आगामी चरणमा पुनर्निर्माण, मर्मत तथा जोखिम न्यूनीकरणका लागि आधार बन्ने अपेक्षा गरिएको नेपाल इन्जिनियर्स एसोसिएसन, गण्डकी प्रदेशले जनाएको छ।
गठन भएका इन्जिनियरहरूको समूह र निरीक्षण क्षेत्रः
समूह–१
टीम लिडरः ई. दीपक थापा (Structural Engineer)
सदस्यहरूः ई. याम बहादुर थापा, ई. हरि प्रसाद अधिकारी, ई. धर्मीराज अधिकारी, अ. बाबुराम बराल, ई. अनुप थापा (पू.वि.का., कास्की)
निरीक्षण गर्ने स्थानः गण्डकी प्रदेश सभा, गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय/निवास
समूह–२
टीम लिडरः ई. बिमल भण्डारी (Structural Engineer)
सदस्यहरूः ई. सन्तोष जिसी, ई. शिशिर कुमार बर्तौला, ई. कौशल चन्द्र जिसी, ई. सुरज श्रेष्ठ (पू.वि.का., कास्की)
निरीक्षण गर्ने स्थानः ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्रालय/निवास, सिंचाइ विकास डिभिजन कार्यालय, प्रदेश नीति तथा योजना आयोग/निवास
समूह–३
टीम लिडरः ई. रमेश सुवेदी (Structural Engineer)
सदस्यहरूः ई. सन्तोष औजा, ई. मोहन सिग्देल, ई. सुमित बिपुलचन्द्र, ई. महेन्द्र पौडेल, ई.कृष्ण घिमिरे, ई. विजय सुवेदी (पू.वि.निर्देशनालय)
निरीक्षण गर्ने स्थानः सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय/निवास, शिक्षा विकास निर्देशनालय, गण्डकी विश्वविद्यालय, सामाजिक विकास मन्त्रालयसँग सम्बन्धित अन्य निकाय, प्रदेश लोकसेवा आयोग
समूह–४
टीम लिडरः ई. ध्रुव गजुरेल पुन (Structural Engineer)
सदस्यहरूः ई. कृष्ण राज सिग्देल, ई. किरण सिग्देल, ई. सृजन पौडेल, ई. राजेश चित्रकार (पू.वि.का., कास्की)
निरीक्षण गर्ने स्थानः उद्योग तथा पर्यटन मन्त्रालय/निवास, कृषि तथा भूमि व्यवस्था मन्त्रालय/निवास, कृषि विकास निर्देशनालय एवं सम्बन्धित निकायहरू
समूह–५
टीम लिडरः ई. किरण लिलाल (Structural Engineer)
सदस्यहरूः ई. सन्देश पराजुली, ई. पारस रेग्मी, ई. मनोज बराल, ई. सन्देश बोहोरा (पू.वि.का., कास्की)
निरीक्षण गर्ने स्थानः वन तथा वातावरण मन्त्रालय/निवास, वन निर्देशनालय तथा सम्बन्धित निकाय, यातायात व्यवस्था कार्यालय (सवारी), यातायात कार्यालय (सवारी चालक अनुमति पत्र)
समूह–६
टीम लिडरः ई. निराजन पौडेल (Structural Engineer)
सदस्यहरूः ई. बृजेश के.सी., ई. विशाल बराल, ई. बिश्वास आचार्य, ई. सचिन अधिकारी (पू.वि. निर्देशनालय)
निरीक्षण गर्ने स्थानः प्रदेश प्रमुखको कार्यालय/निवास, आर्थिन मामिला मन्त्रालय/निवास, पूर्वाधार विकास निर्देशनालय (ड्यामसाइड), पूर्वाधार विकास कार्यालय (कास्की), भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालय/निवास
यस अभियानले गण्डकी प्रदेशका सरकारी भवनहरूको वास्तविक क्षतिको अवस्था उजागर गर्दै आगामी पुनर्निर्माण योजनाका लागि प्राविधिक आधार तयार गर्ने जानकारी नेपाल इन्जिनियर्स एसोसिएसन, गण्डकी प्रदेशका सदस्य इन्जिनियर महेन्द्र पौडेलले बताए ।

सम्बन्धित खबर
पोखरा ३३ मा ल्याण्डफिल साइटको विरोधः वडाध्यक्षले खुकुरी नचाएपछि पक्राउ
बुद्ध विशाल बजार व्यापरिक एशोसियसनको उपाध्यक्षमा मनोहरि पौडेल चयन
‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
चलचित्र पत्रकार संघ कास्कीमा सन्तोषको नेतृत्वमा नयाँ कमिटी
प्रतिभामा एचएमका विद्यार्थीको कला र सीप प्रदर्शन
कालिका क्याम्पसमा केसी परिवारद्वारा ३ करोड बढी लगानीमा पुस्तकालय भवन
यो पनि पढौँ
अर्जुनचौपारीमा जबरजस्ती करणी आरोपमा एक जना पक्राउ
गायक प्रशान्त तामाङ रहेनन्
पोखरा ३३ मा ल्याण्डफिल साइटको विरोधः वडाध्यक्षले खुकुरी नचाएपछि पक्राउ
विशेष महाधिवेशनको नाममा पार्टी फुटाएपछि कांग्रेसका ५ प्रदेश र ४८ जिल्ला सभापतिको असहमति