लायन्स क्लब अफ पोखरा अभियानद्वारा आयोजना गरिएको बृहत् खुल्ला रक्तदान कार्यक्रम नेपाल रेडक्रस सोसाइटी कास्की शाखाको प्राविधिक सहयोगमा पोखरा–१०, अमरसिंहचोकमा भव्यतापूर्वक सम्पन्न भएको छ । देशको वर्तमान परिस्थिति र चाडपर्वमा हुन सक्ने सम्भावित रक्तअभावलाई ध्यानमा राख्दै क्लबले यस मानवसेवा कार्यक्रमको आयोजना गरेको थियो ।
कार्यक्रमको उद्घाटन प्रमुख अतिथि आईपीडीजी लायन बिनोद ढुंगानाले पहिलो रक्तदात्ता सुजन सुवेदीलाई रक्तको झोला हस्तान्तरण गरी गरेका थिए । नेपाल रेडक्रस सोसाइटी, कास्कीका प्रदेश रक्तसञ्चार प्रमुख अर्जुन ज्ञवालीले मानव जीवनमा रक्तदानको महत्वबारे प्रकाश पारे । साथै, नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेश अध्यक्ष सूर्य प्रसाद ढकालले शुभकामना मन्तव्य राख्दै भने, “यस्ता कार्यक्रमहरूले समाजमा जीवन बचाउने अभियानलाई अझ सबल बनाउने विश्वास व्यक्त गर्दछु ।”
कार्यक्रममा चिफ एडमिनिस्ट्रेटर शान्ता थापा, जिल्ला प्रमुख प्रेमप्रसाद दाहाल, एरिया कोअर्डिनेटर सूर्य चापाई, रक्तदानका डिस्ट्रिक्ट कोअर्डिनेटर दिलबहादुर थापा, रक्तदान विभाग प्रमुख मात्रिका प्रसाद पोख्रेल, रिजन चेयरपर्सन डिलाराम लामिछाने, जोन चेयरपर्सन गौतम आचार्य, वडा नं. १० प्रहरी चौकीका प्रमुख इन्स्पेक्टर तेजप्रसाद कंडेल लगायतका व्यक्तिहरू उपस्थित थिए ।
“हरेक थोपा महत्वपूर्ण छ” भन्ने मूल नारासहित सम्पन्न कार्यक्रममा जम्मा १४१ पिन्ट रगत संकलन भएको छ ।
कार्यक्रम संयोजक लायन गौरव पाख्रिनले यसको सफलताप्रति हर्ष व्यक्त गर्दै सम्पूर्ण लायन्स तथा लियो सदस्य, सहयोगी हातहरू, रक्तदाताहरू, जिल्ला पदाधिकारीहरू र रक्त बैंकका प्राविधिकहरूलाई हार्दिक धन्यवाद व्यक्त गरे ।
क्लब अध्यक्ष लायन बिनोद राज आचार्यको अध्यक्षतामा सम्पन्न यस कार्यक्रम क्लब सचिव सुशिल दाहालले सञ्चालन गरेका थिए ।
सम्बन्धित खबर
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
प्रदेश मातहतको अस्पताल चलाउने निर्णय, खर्च नबेहोर्ने भएपछि विवाद
भोटेकोशी बाढीपीडितको शान्तिको कामना गर्दै नवग्रह धाममा विशेष महाअनुष्ठान
राम्दीको नयाँ आर्च पुलको भारवहन क्षमता परीक्षण
सार्वजनिक सम्पत्तिप्रतिको जिम्मेवारी र अपनत्व प्रस्तुत गर्न सरसफाई: प्रदेश सांसद गुरुङ
यो पनि पढौँ
कास्कीको अन्नपूर्णमा किम्रुङ खोला थुनियो, मोदीखोला हुँदै कालिगण्डकी दोभानसम्म बाढीको जोखिम
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
पोउवा संघको ७२ वर्षे इतिहासमा पहिलो महिला नेतृत्व, अध्यक्षमा शोभा गौतम निर्वाचित
स्याङ्जा पुगेर गगनले भने– आवश्यक परे नेतृत्व छाड्न तयार छु