पाेखरा । कास्की कारागारबाट फरार भएका अमेरिकी नागरिक काठमाडौँको महाराजगन्जबाट पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सोमबार महाराजगन्जबाट दुई जना फरार कैदीलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा जिल्ला अदालत कास्कीको आदेशले बाल यौन दुराचारमा कैद सजाय काटिरहेका मिचेल नोर्मान टेलर हुन् ।
भदौ २४ गते कास्की कारागार कैदीबन्दी फरार हुँदा उनी पनि भागेका थिए । त्यसयता जेल नफर्किएका उनलाई सीआईबीले महाराजगन्जमा फेला पारेको हो । सीआईबीका डीएसपी धर्मराज भण्डारीका अनुसार पक्राउ परेका कैदीलाई अब सम्बन्धित कारागार बुझाउने प्रक्रिया अघि बढाइएको छ ।
भदौ २४ गते आन्दोलनकारीले कारागार र सुधार गृहमा आक्रमण गर्न थालेपछि कैदीबन्दी र बालकहरु आफू बस्दै आएको ठाउँबाट सुरक्षित स्थानमा गएका थिए । उनीहरु असोज ६ गतेसम्म कारागारमा ४ सय जना आएको कारागारका प्रमुख राजेन्द्र शर्माले जानकारी दिए । एक जना कैदीबन्दी काठमाडौंमा भेटिएको खबर आएको छ । योसँग अब ३ सय ७२ जना कैदी अझै फरार छन् ।
कास्की कारागारमा ७ सय ७३ कैदीबन्दी थिए । अहिले पोखराको जनजीवन सामान्य हुँदै गएको छ । स्थिती सामान्य बन्दै गएपछि कास्की कारागारले कैदीबन्दीलाई फर्कन आग्रह गरिरहेको छ । कास्की कारागारमा महिलाका लागि एउटा र पुरुषका लागि २ वटा ब्लक बनाइएको छ । जस अनुसार महिलाको ब्लकमा ३५ जना, पुरुषको ब्लकमा ७ सय ३८ कैदीबन्दी बस्दै आएका थिए । ‘सम्पर्कमा नआएकाहरुका हकमा प्रहरीलाई सूचना दिने अनि प्रहरीले खोज्दै ल्याउने हो,’ कारागार प्रमुख शर्माले जानकारी दिए ।
यता, पोखरा–१९ ग्यारजातीमा रहेको बाल सुधार गृहमा रहेका बालकहरु पनि फर्कने क्रम चलिरहेको सुधार गृह प्रमुख डासी पौडेलले बताए । मंगलबारसम्म ४८ जना सुधार गृहमा आइसकेको उनले जानकारी दिए । जहाँ १ सय ९ जना बालकहरु थिए । उनीहरु पनि सोही आन्दोलनका क्रममा आन्दोलनकारीले तोडफोड गर्न थालेपछि भागेका थिए । ‘प्रदर्शनकारीहरुले गेट तोडेर झ्यालढोका पनि फोड्न थालेपछि बालकहरु भागेका हुन्,’ उनले भने, ‘धेरै बालकहरु अभिभावकको सम्पर्कमा हुनुहुन्छ । हामीले पनि सम्पर्क गरिरहेका छौं । बालकहरु आउने क्रम जारी नै छ ।’
जेनजीको आन्दोलनका कारण पोखराका अधिकांस सरकारी कार्यालयमा तोडफोड र आगजनी भएको छ ।
सम्बन्धित खबर
पोखरा ३३ मा ल्याण्डफिल साइटको विरोधः वडाध्यक्षले खुकुरी नचाएपछि पक्राउ
बुद्ध विशाल बजार व्यापरिक एशोसियसनको उपाध्यक्षमा मनोहरि पौडेल चयन
‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
चलचित्र पत्रकार संघ कास्कीमा सन्तोषको नेतृत्वमा नयाँ कमिटी
प्रतिभामा एचएमका विद्यार्थीको कला र सीप प्रदर्शन
कालिका क्याम्पसमा केसी परिवारद्वारा ३ करोड बढी लगानीमा पुस्तकालय भवन
यो पनि पढौँ
अर्जुनचौपारीमा जबरजस्ती करणी आरोपमा एक जना पक्राउ
गायक प्रशान्त तामाङ रहेनन्
पोखरा ३३ मा ल्याण्डफिल साइटको विरोधः वडाध्यक्षले खुकुरी नचाएपछि पक्राउ
विशेष महाधिवेशनको नाममा पार्टी फुटाएपछि कांग्रेसका ५ प्रदेश र ४८ जिल्ला सभापतिको असहमति