स्याङ्जाको भीरकोट नगरपालिकाले चाडपर्व नजिकिँदै गर्दा बजार अनुगमनलाई कडाइ गरेको छ । बिहीबार गरिएको अनुगमनमा कैफियत देखिएका १३ वटा खाद्यान्न पसल कारबाहीमा परेका छन् ।
नगर उपप्रमुख भगवती रेग्मी अर्यालका अनुसार अनुगमन टोलीले वडा नम्बर १ र २ को ठाडोलाइन र सिद्धार्थ राजमार्ग आसपासका पसलहरूमा कारबाही गरेको हो । कुल ३४ वटा पसलमा गरिएको अनुगमनका क्रममा मासु पसल, किराना पसल, होटल तथा रेष्टुरेन्ट, फलफूल–तरकारी पसल र भेटेरिनरी पसल जाँच गरिएको नगर प्रशासन प्रमुख सीताराम खनालले जानकारी दिए ।
उनका अनुसार पाँचवटा मासु पसल, २० वटा किराना पसल, तीनवटा होटल तथा रेष्टुरेन्ट, चारवटा तरकारी–फलफूल पसल र दुईवटा भेटेरिनरी पसल अनुगमन गरिएको थियो । सो क्रममा १३ खाद्यान्न पसलबाट म्याद गुज्रेका साबुन, मसला, चाउचाउ, बिस्कुटलगायतका वस्तु जफत गरिएको छ ।
अनुगमनका क्रममा व्यवसाय दर्ता नगरी सञ्चालन, मूल्यसूची अद्यावधिक नगर्ने, नवीकरण नगरेको, बोर्ड नराखेको, इजाजतपत्रबिना सुर्तीजन्य पदार्थ बिक्री गर्ने, सरसफाइको कमी देखिएका पसललाई सचेत गराइएको खनालले बताए ।
स्थानीय उपभोक्ताहरूका अनुसार पर्वको समयमा मात्र अनुगमन गर्ने प्रवृत्तिका कारण धेरै समस्या देखिने गरेको छ । उनीहरूले नियमित अनुगमन र व्यापारी तथा उपभोक्तालाई सचेतनासहित शिक्षा दिन सके बजार अझ व्यवस्थित हुने सुझाव दिएका छन् ।
सम्बन्धित खबर
निर्वाचन प्रहरी भर्नाको समय दुई दिन थप
आँधीखोला राष्ट्रपति रनिङ शिल्डको उपाधि त्रि–शहिद माविलाई
लागूऔषध मुद्दामा फरार रहेका दुई प्रतिवादीसहित तीन जना पक्राउ
निर्वाचनलाई लक्षित गर्दै स्याङ्जामा अवैध हतियार बुझाउन प्रशासनको आग्रह
तेस्रो चापाकोट महोत्सवमा राष्ट्रिय ओपन भेट्रान्स पुरुष भलिबल प्रतियोगिता हुँदै
भीरकोट नगरसभाबाट दुई ऐन पारित
यो पनि पढौँ
अर्जुनचौपारीमा जबरजस्ती करणी आरोपमा एक जना पक्राउ
गायक प्रशान्त तामाङ रहेनन्
पोखरा ३३ मा ल्याण्डफिल साइटको विरोधः वडाध्यक्षले खुकुरी नचाएपछि पक्राउ
विशेष महाधिवेशनको नाममा पार्टी फुटाएपछि कांग्रेसका ५ प्रदेश र ४८ जिल्ला सभापतिको असहमति