स्याङ्जामा ट्याक्सी चालक सिटमुनिबाट ठूलो परिमाणको लागूऔषध बरामद, दुई युवा नियन्त्रणमा

स्याङ्जामा ट्याक्सी चालक सिटमुनिबाट ठूलो परिमाणको लागूऔषध बरामद, दुई युवा नियन्त्रणमा

arrest-pic-99

स्याङ्जामा प्रहरीले चेकजाँचका क्रममा ठूलो परिमाणमा लागूऔषध बरामद गरेको छ । लागूऔषध ओसारपसारमा संलग्न दुईजना युवाहरूलाई प्रहरीले नियन्त्रणमा समेत लिएको छ ।

बिहीबार साँझ करिब ६:३० बजे जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको विशेष टोलीले पुतलीबजार नगरपालिका –१ शहिचोकस्थित सिद्धार्थ राजमार्गमा बुटवलबाट पोखरा जाँदै गरेको ग १ ज ४६८५ नम्बरको ट्याक्सी जाँच गर्ने क्रममा नियन्त्रित लागूऔषध भेट्टाएको हो ।

उक्त ट्याक्सी चालक तनहुँ व्यास नगरपालिका –५ बस्ने ३२ वर्षीय अशोक बाँचे मगर र सवारीमा सवार कास्की पोखरा महानगरपालिका –२३ पामे बस्ने २७ वर्षीय नबिन परियार संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

उनीहरूले चालक सिटमुनि लुकाएर ल्याएको अवस्थामा फेनेरागन ९० एम्पुल, डाइजेपाम ९० एम्पुल र बुप्रेनर्फिन ९० एम्पुल नियन्त्रित लागूऔषध फेला परेको प्रहरीले भनाइ छ ।

नियन्त्रित औषधसहित दुवै जनालाई नियन्त्रणमा लिइएको र आवश्यक अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ