गण्डकीका मुख्यमन्त्री निवासमा फेरि आगजनी

अपराध

गण्डकीका मुख्यमन्त्री निवासमा फेरि आगजनी

cm niwas aagjani

पोखरा । गण्डकीका मुख्यमन्त्री बस्ने सरकारी निवासमा फेरि आगजनी भएको छ । गएराति करिब साढे २ बजेको समयमा अपरिचित व्यक्तिहरूको समूहले पहिल्यै आगजनीमा परेको निवासमा आगो लगाएका हुन् ।

उक्त भवनमा  भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा  पनि तोडफोड र आगजनी भएको थियो । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे भदौ २४ गते जेनजी प्रदर्शनका समयमा भने देशबाहिर थिए ।

२०७४ मा पहिलोपटक भएको प्रदेशसभा निर्वाचनपछि निर्वाचित मुख्यमन्त्रीका लागि भनेर प्रयोगमा ल्याइएको निवास प्रमुख जिल्ला अधिकारीका लागि भनेर बनाइएको थियो । प्रदेश सरकार बनेपछि उक्त भवनलाई नै मुख्यमन्त्री निवास बनाइएको थियो ।

प्रदेश सरकारले भवन प्रयोग गर्न मिल्ने/नमिल्ने सम्बन्धमा प्राविधिक समिति गठन गरेकोमा यो भवनलाई मर्मतपछि पुनः प्रयोग गर्न मिल्ने भन्ने सुझाव प्राप्त भएको छ । भवनलाई मर्मत गर्ने तयारीमा रहँदा राति आगजनी भएको हो ।

पहिलेको आगजनीमा भवनको एउटा कोठामा भने कम क्षति पुगेको थियो । सोही कोठामा जल्न बाँकी भएका सामानहरू राखिएको थियो ।

मुख्यमन्त्री पाण्डेले आगजनीका कारण बाँकी भएका कागजात जलेर नष्ट भएको बताएका छन् । आगजनीपछि उनी प्रमुख सचिवको निवासमा बस्दै आएका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ