स्याङ्जाको पुतलीबजार नगरपालिका –१२ पेल्काचौरमा यस वर्ष पनि धुमधामका साथ दशैं पूर्णिमा मेला आयोजना हुने भएको छ । यहि असोज २० गतेदेखि २६ गतेसम्म सञ्चालन हुने मेलामा खेलकुद र सांस्कृतिक कार्यक्रमले पेल्काचौरलाई उल्लासमय बनाउने तयारी गरिएको छ ।
‘हाम्रो गौरव, हाम्रो पौरख, हाम्रो पेल्काचौर’ भन्ने मूल नाराका साथ मनकामना युवा क्लब पेल्काचौरले आयोजना गर्न लागेको मेलामा अन्तर वडा स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता मुख्य आकर्षण हुने क्लबका अध्यक्ष राजेन्द्र शर्माले बताए ।
उनका अनुसार पुरुष भलिबलतर्फ प्रथम हुने टिमले नगद १ लाख, द्वितीयले ६० हजार, र तृतीयले ४० हजार रुपैयाँ पुरस्कार पाउने छन् । त्यसैगरी, महिला भलिबलतर्फ प्रथम, द्वितीय र तृतीय टिमले क्रमशः ३० हजार, २० हजार, र १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट तथा विधागत उत्कृष्ट खेलाडीहरुलाई नगद, ट्रफी र प्रमाणपत्र समेत रहेको छ ।
मेलामा स्थानीय संस्कृतिलाई झल्काउने विविध सांस्कृतिक कार्यक्रम र राष्ट्रिय कलाकारहरूको आकर्षक प्रस्तुति पनि रहने क्लबले जनाएको छ । अध्यक्ष शर्माका अनुसार मेला केवल मनोरञ्जनका लागि नभई समुदायबीच एकता, संस्कृतिको संरक्षण र खेलकुदप्रतिको रुचि प्रवर्द्धनका लागि आयोजना गरिएको हो ।
मनकामना युवा क्लब पेल्काचौरले यसपटक पनि दशैंको उल्लासलाई खेलकुद र संस्कृतिको संगम बनाउँदै जनभावनाको उत्सवका रूपमा मनाउने तयारी गरेको हो ।
सम्बन्धित खबर
१० वर्षदेखि फरार बहुविवाह मुद्दाका दोषी पक्राउ
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
एउटा समाचारले बदलियो कृष्ण बोटेको जीवन, जापानबाट आएको सहयोगले बल्यो घरको उज्यालो
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
स्याङ्जामा विपद् सूचना दिन नयाँ टोल–फ्री नम्बर ‘१२३४’ सञ्चालनमा
यो पनि पढौँ
सरकार पक्षले बलजफ्ती शव बुझ्न दबाब दिएपछि गणेश नेपालीका बुबाले गरे आत्महत्याको प्रयास
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
बालेनले नै मेयर हुँदा २ वर्ष अघि तोकेका थिए चर्को जरिवाना
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ