स्याङ्जाको पुतलीबजार नगरपालिका –१२ पेल्काचौरमा यस वर्ष पनि धुमधामका साथ दशैं पूर्णिमा मेला आयोजना हुने भएको छ । यहि असोज २० गतेदेखि २६ गतेसम्म सञ्चालन हुने मेलामा खेलकुद र सांस्कृतिक कार्यक्रमले पेल्काचौरलाई उल्लासमय बनाउने तयारी गरिएको छ ।
‘हाम्रो गौरव, हाम्रो पौरख, हाम्रो पेल्काचौर’ भन्ने मूल नाराका साथ मनकामना युवा क्लब पेल्काचौरले आयोजना गर्न लागेको मेलामा अन्तर वडा स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता मुख्य आकर्षण हुने क्लबका अध्यक्ष राजेन्द्र शर्माले बताए ।
उनका अनुसार पुरुष भलिबलतर्फ प्रथम हुने टिमले नगद १ लाख, द्वितीयले ६० हजार, र तृतीयले ४० हजार रुपैयाँ पुरस्कार पाउने छन् । त्यसैगरी, महिला भलिबलतर्फ प्रथम, द्वितीय र तृतीय टिमले क्रमशः ३० हजार, २० हजार, र १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट तथा विधागत उत्कृष्ट खेलाडीहरुलाई नगद, ट्रफी र प्रमाणपत्र समेत रहेको छ ।
मेलामा स्थानीय संस्कृतिलाई झल्काउने विविध सांस्कृतिक कार्यक्रम र राष्ट्रिय कलाकारहरूको आकर्षक प्रस्तुति पनि रहने क्लबले जनाएको छ । अध्यक्ष शर्माका अनुसार मेला केवल मनोरञ्जनका लागि नभई समुदायबीच एकता, संस्कृतिको संरक्षण र खेलकुदप्रतिको रुचि प्रवर्द्धनका लागि आयोजना गरिएको हो ।
मनकामना युवा क्लब पेल्काचौरले यसपटक पनि दशैंको उल्लासलाई खेलकुद र संस्कृतिको संगम बनाउँदै जनभावनाको उत्सवका रूपमा मनाउने तयारी गरेको हो ।
सम्बन्धित खबर
मानव कल्याण नै ठूलो धर्मः प्रदेश प्रमुख भट्ट
भरुवा बन्दुकसहित एक युवक पक्राउ
कालीगण्डकी राष्ट्रपति रनिङ शिल्डको उपाधि आदर्श माविलाई
गण्डकी प्रदेश सभाको चालु बर्खे अधिवेशन अन्त्य
स्याङ्जामा फरार दोषी पक्राउ: १ हजार जरिवाना तिर्न बाँकीदेखि जजकमा संलग्नसम्म
पुतलीबजार आलुमा आत्मनिर्भर बन्दै, ७१ हजार किलो बीउ वितरण
यो पनि पढौँ
राप्रपाका खनाल र रास्वपाका पाण्डे पोखराबाट पक्राउ
एमबीबीएस प्रवेश परीक्षाः पोखराको प्रतिभाका ५ विद्यार्थी टप १०० मा पर्न सफल
एमबीबीएस प्रवेश परीक्षामा उत्कृष्ट विद्यार्थीलाई प्रतिभाको सम्मान
प्रतिभाको विज्ञान प्रदर्शनीमा ‘सर्भिङ रोबोट’ सर्वोत्कृष्ट