पोखरा- गण्डकी प्रदेश सभाको बैठक डाकिएको छ । प्रदेश सभाको बैठक आगामी असोज २२ गते दिउँसो १ बजेका लागि डाकिएको हो ।
जेनजी समूहको प्रदर्शनका क्रममा भदौ २४ गते आगजनी हुँदा पोखराको नदीपुरस्थित गण्डकी प्रदेश सभा भवन जलेर पूर्ण रुपमा क्षति भएको थियो । प्रदेश सभा जलेर ध्वस्त भएसँगै भदौ २५ गते दिउँसो १ बजेका लागि बोलाइएको संसद बैठक अनिश्चितकालका लागि स्थगित भयो ।
अब असोज २२ गते मालेपाटनमा रहेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सभा हलमा बैठक बस्ने प्रदेश सभा सचिव गोविन्द पौडेलले जानकारी दिए । गण्डकी प्रदेश सभा नियमावली, २०८० को नियम ६ को उपनियम (२) बमोजिम बैठक हुनेबारे सूचना प्रकाशन गरिएको छ ।
‘मिति २०८२ साल भदौ २५ गते दिनको १ बजेका लागि तोकिएको गण्डकी प्रदेश सभाको बैठक विशेष कारणवश अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको थियो । हाल माननीय सभामुखज्यूले बैठक मिति २०८२ साल असोज २२ गते दिनको १ बजे भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, गण्डकी प्रदेश, मालेपाटन पोखराको सभाहलमा बस्नेगरी मिति र स्थान निर्धारण गर्नुभएको छ’, पौडेलले जारी गरेको सूचनामा उल्लेख छ ।
यसअघि भदौ १६ गते गण्डकी प्रदेश सभाको आठौं अधिवेशन अन्तर्गत २६ औं बैठकले गण्डकी प्रदेश दलित अधिकार विधयेक २०८२ पारित गरेको थियो ।
सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह