स्याङ्जाको फेदीखोला गाउँपालिका –५, बाँगेमा भएको सुन चोरीको घटनामा संलग्न एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । असोज १८ गते साँझ करिब ६ बजे उषा शर्माको घरबाट साढे ३ तोलाको लकेटसहितको सुनको सिक्री र २ तोलाको बेरुवा औँठी चोरी भएको थियो ।
घटना सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय स्याङ्जाले तत्काल अनुसन्धान टोली खटाएको थियो । अनुसन्धानका क्रममा असोज २१ गते स्याङ्जा पुतलीबजार नगरपालिका –१, सहिदचोकस्थित क्षेत्रबाट एक महिलालाई शंकास्पद अवस्थामा फेला पारी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिए ।
उनका अनुसार पक्राउ परेकी महिला फेदीखोला गाउँपालिका –३ की २८ वर्षीया प्रतिमा सुवेदी हुन्, उनी हाल कास्कीको पोखरा महानगरपालिका –१७, विरौटामा बसोबास गर्दै आएकी थिइन् ।
प्रहरीका अनुसार प्रतिमा सुवेदीले चोरी गरिएका गरगहना पोखरामा लुकाइछिपाइ राखेकी थिइन् । प्रहरीले ती गरगहना सोही स्थानबाट फेला पारेर बरामद गरेको हो । बरामद सामग्रीमा ३.५ तोलाको सुनको सिक्री र २ तोलाको बेरुवा औँठी रहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकी प्रतिमाविरुद्ध चोरी सम्बन्धी कसूरमा असोज २२ गते स्याङ्जा जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी थप अनुसन्धान जारी रहेको छ स्याङ्जा प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
स्याङ्जामा मंसिर ५ गते बृहत् स्वास्थ्य शिविर, विशेषज्ञ टोलीद्वारा सेवा
क्यान महासंघ कास्कीको १८ औं साधारणसभा सम्पन्न
कास्की कारागारबाट फरार कैदी स्याङ्जामा पक्राउ
आँधीखोला किनारबाट अवैध गिट्टी–बालुवासहित ट्याक्टर नियन्त्रणमा
आदिवासी जनजाति आयोगको प्रतिवेदन गण्डकी प्रदेश प्रमुख समक्ष पेस
‘सुन–चाँदी’ जस्तै धातुका गहनासहित एक युवक पक्राउ
यो पनि पढौँ
राप्रपाका खनाल र रास्वपाका पाण्डे पोखराबाट पक्राउ
एमबीबीएस प्रवेश परीक्षाः पोखराको प्रतिभाका ५ विद्यार्थी टप १०० मा पर्न सफल
एमबीबीएस प्रवेश परीक्षामा उत्कृष्ट विद्यार्थीलाई प्रतिभाको सम्मान
प्रतिभाको विज्ञान प्रदर्शनीमा ‘सर्भिङ रोबोट’ सर्वोत्कृष्ट