पोखरा । जेनजी आन्दोलनका क्रममा गोली लागेर गम्भीर घाइते भएका लक्ष्मण नेपालीलाई एएमएम मिडिया नेटवर्क Pty. Ltd. (Australia Maa Meme – Social Media Page) तर्फबाट आर्थिक सहयोगस्वरूप एक लाख रुपैयाँ) हस्तान्तरण गरिएको छ।
भदौ २४ गतेको आन्दोलनका क्रममा घाँटीमा गोली लागी गम्भीर घाइते भएका लक्ष्मण नेपाली (नागरिकता अनुसार ढाकबहादुर नेपाली) हाल पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखराको आईसीयूमा उपचाररत छन्। चिकित्सकहरूको सल्लाहअनुसार उनलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं स्थानान्तरण गरिने तयारी भइरहेको छ।
उक्त सहयोग “Aid for GenZ Nepal” नामक GoFundMe अभियानमार्फत संकलन गरिएको हो। अभियानको उद्देश्य आन्दोलनमा घाइते र प्रभावित युवाहरूलाई आर्थिक तथा नैतिक साथ पुर्याउनु रहेको छ। संकलित रकमलाई देशभरका वास्तविक पीडितहरूमा पारदर्शी रूपमा वितरण गरिँदै आएको अभियान टोलीले जनाएको छ।
सहयोग रकम एएमएम मिडिया नेटवर्क Pty. Ltd. को तर्फबाट टोली प्रतिनिधि बिक्रमले लक्ष्मणकी आमालाई हस्तान्तरण गरेका हुन्। यस सहयोगको समन्वय तथा सहजीकरण पोखरामा रहेका Rotaract Club का कुशल बराल र नविन ढकालले गरेका थिए।
एएमएम मिडिया नेटवर्क र Aid for GenZ Nepal टोलीले लक्ष्मण नेपालीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै न्याय र परिवर्तनका लागि आवाज उठाउने सम्पूर्ण युवाप्रति ऐक्यबद्धता व्यक्त गरेका छन्।
सम्बन्धित खबर
स्याङ्जामा मंसिर ५ गते बृहत् स्वास्थ्य शिविर, विशेषज्ञ टोलीद्वारा सेवा
क्यान महासंघ कास्कीको १८ औं साधारणसभा सम्पन्न
कास्की कारागारबाट फरार कैदी स्याङ्जामा पक्राउ
आँधीखोला किनारबाट अवैध गिट्टी–बालुवासहित ट्याक्टर नियन्त्रणमा
आदिवासी जनजाति आयोगको प्रतिवेदन गण्डकी प्रदेश प्रमुख समक्ष पेस
‘सुन–चाँदी’ जस्तै धातुका गहनासहित एक युवक पक्राउ
यो पनि पढौँ
राप्रपाका खनाल र रास्वपाका पाण्डे पोखराबाट पक्राउ
एमबीबीएस प्रवेश परीक्षाः पोखराको प्रतिभाका ५ विद्यार्थी टप १०० मा पर्न सफल
एमबीबीएस प्रवेश परीक्षामा उत्कृष्ट विद्यार्थीलाई प्रतिभाको सम्मान
प्रतिभाको विज्ञान प्रदर्शनीमा ‘सर्भिङ रोबोट’ सर्वोत्कृष्ट