अदालतबाट भएका फैसलाहरूको कार्यान्वयनलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउँदै न्यायिक कारबाहीलाई पूर्णता दिन स्याङ्जा प्रहरीले विशेष अभियान सञ्चालन गरेको छ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको विशेष अपरेसन टोलीले अदालतबाट जरिवाना भुक्तान गर्न बाँकी रहेका फरार दुई कसूरदारहरूलाई शुक्रबार पक्राउ गरी स्याङ्जा जिल्ला अदालतमा पेश गरेको हो ।
पक्राउ पर्नेमा बिना इजाजत सालको काठ ओसारपसार मुद्दाका फरार दोषी पाल्पा रम्भा गाउँपालिका –१ स्थायी घर भई हाल स्याङ्जा, गल्याङ नगरपालिका –९ बस्ने याम बहादुर गाहा रहेका छन् । उनले एक हजार रुपैयाँ जरिवाना तिर्न बाँकी थियो ।
त्यस्तै, आँधीखोला गाउँपालिका –५ की रमा पौडेललाई भ्रष्टाचार मुद्दामा एक हजार पाँच सय रुपैयाँ जरिवाना तिर्न बाँकी अवस्थामा पक्राउ गरिएको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिए ।
दुबै कसूरदारलाई जरिवाना असुलका लागि स्याङ्जा जिल्ला अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
प्रहरीले अदालतका फैसलाहरूको प्रभावकारी कार्यान्वयनमार्फत सुरक्षित र न्यायपूर्ण समाज निर्माणमा निरन्तरता दिने जनाएको छ ।
सम्बन्धित खबर
स्याङ्जामा फरार दोषी पक्राउ
पुतलीबजार आलुमा आत्मनिर्भर बन्दै, ७१ हजार किलो बीउ वितरण
अवैध रूपमा नदीजन्य पदार्थ उत्खननमा संलग्न दुई ट्याक्टर नियन्त्रणमा
६२ वर्षपछि न्याय: सदरमुकाम पुतलीबजार सारिँदा जग्गा दिने श्यामप्रसादलाई १ करोड मुआब्जा
स्याङ्जामा ६ महिनामै १२८ फरार समातिए, दुई करोडभन्दा बढी जरिवाना असुल
स्याङ्जामा देवकोटा साहित्य उत्सव सम्पन्न
यो पनि पढौँ
राप्रपाका खनाल र रास्वपाका पाण्डे पोखराबाट पक्राउ
एमबीबीएस प्रवेश परीक्षाः पोखराको प्रतिभाका ५ विद्यार्थी टप १०० मा पर्न सफल
एमबीबीएस प्रवेश परीक्षामा उत्कृष्ट विद्यार्थीलाई प्रतिभाको सम्मान
अमेरिकाले सुगर, क्यान्सर र मोटोपना भएका बिरामीलाई भिसा नदिने