अदालतबाट भएका फैसलाहरूको कार्यान्वयनलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउँदै न्यायिक कारबाहीलाई पूर्णता दिन स्याङ्जा प्रहरीले विशेष अभियान सञ्चालन गरेको छ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको विशेष अपरेसन टोलीले अदालतबाट जरिवाना भुक्तान गर्न बाँकी रहेका फरार दुई कसूरदारहरूलाई शुक्रबार पक्राउ गरी स्याङ्जा जिल्ला अदालतमा पेश गरेको हो ।
पक्राउ पर्नेमा बिना इजाजत सालको काठ ओसारपसार मुद्दाका फरार दोषी पाल्पा रम्भा गाउँपालिका –१ स्थायी घर भई हाल स्याङ्जा, गल्याङ नगरपालिका –९ बस्ने याम बहादुर गाहा रहेका छन् । उनले एक हजार रुपैयाँ जरिवाना तिर्न बाँकी थियो ।
त्यस्तै, आँधीखोला गाउँपालिका –५ की रमा पौडेललाई भ्रष्टाचार मुद्दामा एक हजार पाँच सय रुपैयाँ जरिवाना तिर्न बाँकी अवस्थामा पक्राउ गरिएको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिए ।
दुबै कसूरदारलाई जरिवाना असुलका लागि स्याङ्जा जिल्ला अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
प्रहरीले अदालतका फैसलाहरूको प्रभावकारी कार्यान्वयनमार्फत सुरक्षित र न्यायपूर्ण समाज निर्माणमा निरन्तरता दिने जनाएको छ ।
सम्बन्धित खबर
शिक्षकको जागिर छाडेर २२० रोपनीमा कागती खेती
अवैध रुपमा नदीजन्य पदार्थ ओसारपसार गरिरहेको ट्याक्टर कारबाहीमा, ३० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा पुँजीगत बजेट खर्च ६८ प्रतिशतमा सीमित
पुतलीबजारका केही वडामा धानमा खपटे किराको प्रकोप
गोपालमान श्रेष्ठको निधनमा पुतलीबजारमा बुधबार सार्वजनिक बिदा
स्याङ्जाको सुन्तलाबाट एक वर्षमै सवा अर्बभन्दा बढी आम्दानी
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
रविले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री नै गएनन्
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प, बिरामी मर्कामा