गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखरा-१२ शितलादेवीको हिटिमार्गमा सोमबार बेलुकी पेस्तोल देखाएर स्थानीय महिलाको सुन लुट्ने युवक पक्राउ परेका छन् । यद्यपी, पेस्तोल नक्कली भएको कास्की प्रहरीले मंगलबार दिउँसो जानकारी दिएको छ ।
पोखरा-१२ बस्ने देविकला अधिकारीलाई पेस्तोल देखाई लुटपाट गरेको भन्ने सूचना प्राप्त हुनसाथ तत्काल वडा प्रहरी कार्यालय रामबजार कास्कीबाट प्रहरी टोली खटिई गई अनुसन्धान गर्दा जिल्ला पर्वत मोदी गाउँपालिका वडा नं. १ स्थायी ठेगाना भई हाल पोखरा महानगरपालिका वडा नं. २० भलाम बस्ने वर्ष २४ को सुजन वि.क.लाई नक्कली पेस्तोल १ थान र उनले प्रयोग गरेको मोटरसाइकल सहित पक्राउ गरी थप अनुसन्धान प्रकृया अगाडि बढाइएको कास्की प्रहरीले जनाएको छ ।
सोमबार बेलुकी करिब ८:३० बजे अधिकारीको घाँटी र कानमा लगाएको सुन तान्ने क्रममा उनले हार गुहार गरेपछि ती युवक भागेका थिए ।
ग १३ प ९८३२ नम्बरको पल्सर मोटरसाइकलमा आएका बिकले सिक्री तानेर कानको रिङ तान्न लाग्दा केही समय लछार पछार भएको र छिमेकीहरुले तुरुन्त प्रहरीलाई खबर गरेका कारण भाग्दा भाग्दै रामबजार प्रहरीले पक्राउ गर्न सफल भएको छ ।
सुन लुछ्ने क्रममा महिलाले प्रतिकार गर्दैगर्दा बिकको मोटरसाइकल ढल्यो । त्यस पछि हेलमेट नै लगाएर भागेका थिए ।
तत्कालै स्थानियले प्रहरीलाई खबर गरेपछि पोखरा–१२ को भेटनरी नजिकबाट रामबजार प्रहरीले युवालाई नियन्त्रणमा लिएको छ ।
आन्दोलनका क्रममा हातहतियार लुटिएका र हजारौं कैदी अझै पनि फरार रहँदा समाजमा यसरी सुरक्षा चुनौती थपिएको छ । रातको समयमा बाहिर हिँडडुल गर्दा सावधानी अपनाउन प्रहरीले सूचित गरेको छ ।
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
बालेनसँगको बैठकबाट निस्किएलगत्तै समातिए किस्पाङ गाउँपालिका अध्यक्ष तामाङ
बाढीका मृतकको गहना लुट्नेहरू पक्राउ, हुनसक्छ ७ वर्षसम्म जेल
गरिमा चौधरीको हत्याका मुख्य अभियुक्त नाबालकको बयान भिडियो बाहिरिएपछि तरङ्ग
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन