भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र स्याङ्जाले कृत्रिम गर्भाधानबाट जन्मिएका उन्नत नश्लका पाडी–बाच्छी हुर्काउने कृषकलाई आर्थिक प्रोत्साहन दिने कार्यक्रम सञ्चालन गरेको छ ।
आर्थिक वर्ष २०८२/८३ अन्तर्गतको स्वीकृत वार्षिक कार्यक्रम अनुसार, स्याङ्जा जिल्लाभित्रका कृत्रिम गर्भाधान हुने पालिकाका इच्छुक कृषकहरूले आफ्ना गाईभैंसीबाट कृत्रिम गर्भाधान गरी जन्माएका पाडी वा बाच्छी हुर्काइरहेका भए प्रोत्साहन रकमका लागि निवेदन दिन सक्ने कार्यालय प्रमुख तथा वरिष्ठ पशु चिकित्सक डा. रूपेश श्रेष्ठले जानकारी दिए ।
कार्यालय प्रमुख डा. श्रेष्ठका अनुसार, हरेक पाडी वा बाच्छीका लागि १० हजार रुपैयाँसम्म र एक कृषकले अधिकतम ५० हजार रुपैयाँसम्म प्रोत्साहन पाउने व्यवस्था गरिएको छ ।
निवेदनसहितका कागजातमा नेपाली नागरिकताको प्रतिलिपि, कृत्रिम गर्भाधान प्रमाणित कागजात, कम्तीमा एक वर्ष उमेर पुगेको पाडी वा बाच्छी भएको प्राविधिक सिफारिस, ट्याग देखिने फोटो र सम्बन्धित पालिकाको पशु सेवा शाखाको सिफारिस पत्र आवश्यक पर्नेछ । २०८३ असार ७ गतेसम्म कार्यालय खुलेको समयमा आवश्यक कागजातसहित निवेदन पेश गर्न सकिने कार्यालयले जनाएको छ ।
डा. श्रेष्ठका अनुसार, “उन्नत नश्लका पशु पालनले दुध उत्पादन वृद्धि, आम्दानी सृजना र स्थानीय पशुपालन व्यवसायलाई दिगो बनाउन सघाउनेछ,” भन्दै यस कार्यक्रमले कृषकलाई थप उत्साहित बनाउने विश्वास व्यक्त गरेका छन् ।
सम्बन्धित खबर
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
स्याङ्जाको नवग्रह मन्दिरको संरक्षणका लागि बजेट छुट्याइयोस् : सचेतक राई
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !