पोखरा । सुरक्षाा संवेदनशीलता बढेपछि कास्की प्रहरीले अपरेसन ३६५ सञ्चालन गरेको छ । चोरी, लुटपाटका घटना जेनजी विद्रोहपछि झनै बढिरहेको गुनासो नागरिकले गरिरहेका छन् ।
स्वरूप परिवर्तन गरेका मोटरसाइकलबाट शहरमा आतंक सिर्जना भएको गुनासोपछि कास्की प्रहरीले अपरेसन ३६५ सञ्चालन गरेको जनाएको छ ।
कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीले सडकमा मोटरसाइकल पड्काउँदै हिँड्ने, केही भन्यो भने प्रहरीदेखि नागरिकसम्मै आक्रमण हुनसक्ने डर र आतंक सिर्जना भएका कारण पनि सोमबारदेखि अपरेसन ३६५ चलाइएको जानकारी दिए । अभियान वर्षभरि ३६५ दिन नै चल्ने भएकाले यो नाम राखिएको हो ।
कास्की प्रहरी प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतका अनुसार पर्यटकीय शहरमा आतंक सिर्जना गर्ने काम भयो भन्ने गुनासो धेरै आएको र केही त्यस्ता आपराधिक घटनासमेत देखिन थालेपछि कास्कीमा अपरेसन ३६५ चलाइएको हो ।

केही दिनअघि होटल संघलगायत पोखराका पर्यटन व्यवसायीका संस्था र प्रहरीबीच छलफल भएको थियो । छलफलमा व्यवसायीहरूले पर्यटकीय क्षेत्रमा शान्ति सुरक्षाको वातावरण खल्बलिँदै गएको चिन्ता व्यक्त गरेका थिए । उनीहरूले मोटरसाइकल पड्काउँदै हिँड्नेहरूले आतंक नै सिर्जना गरेको भन्दै नियन्त्रणका लागि प्रहरीलाई अनुरोध गरे ।
जेनजी आन्दोलनका क्रममा २४ भदौमा पोखरामा भएका सरकारी तथा निजी सम्पत्तिमाथि तोडफोड तथा लुटपाट र आगजनीमा समेत स्वरूप परिवर्तन गरिएका बुलेट, क्रस फायर, पल्सर, भीआरजस्ता मोटरसाइकल प्रयोग भएका थिए ।
नेतादेखि व्यवसायीसम्मको घर जलाउने, लुटपाट गर्नेदेखि प्रहरीको हतियार खोसेर गायबसमेत भएकाले प्रहरीले यस्ता मोटरसाइकलमाथि निगरानी गरिरहेको थियो ।
नक्कली पेस्तोल देखाउँदै चोरी गर्ने एकजना सोमबार मात्रै पनि पक्राउ परेका थिए । पोखरामा चोरीका घटनामा पनि यस्ता मोटरसाइकल प्रयोग भएको पाइएको छ ।
सम्बन्धित खबर
जेन-जी आन्दोलनमा आगजनी, तोडफोड र लुटपाट गर्नेको खोजी तीव्र, सहयोगका लागि कास्की प्रहरीको अपिल
राप्रपाका खनाल र रास्वपाका पाण्डे पोखराबाट पक्राउ
नागरिक समाजले पोखराबाट राष्ट्रपतिलाई पठायो पत्र- जेनजीको प्रभावकारी उपस्थितिका लागि सशर्त संसद पुनःस्थापना गर्नुपर्छ
जेनजी आन्दोलनमा ट्राफिक कार्यालयबाट मोटरसाइकल चोर्ने पक्राउ
दिर्घायु हस्पिटल पोखरामा लापरबाहीको आरोप: ‘एक ठाउँमा सानो घाउ, बेग्लै ठाउँमा शल्यक्रिया’
जेनजी आन्दोलनमा बाइक जलाइएपछि देउसीभैलो खेलेरै किने प्रहरीले
यो पनि पढौँ
राप्रपाका खनाल र रास्वपाका पाण्डे पोखराबाट पक्राउ
एमबीबीएस प्रवेश परीक्षाः पोखराको प्रतिभाका ५ विद्यार्थी टप १०० मा पर्न सफल
एमबीबीएस प्रवेश परीक्षामा उत्कृष्ट विद्यार्थीलाई प्रतिभाको सम्मान
अमेरिकाले सुगर, क्यान्सर र मोटोपना भएका बिरामीलाई भिसा नदिने