पोखरा । कास्की कारागारबाट जेन-जी आन्दोलनका क्रममा भागेका कैदीबन्दीमध्ये २ सय ७० जना अझै फरार छन् । भदौ २४ गते भागेर फरारमध्ये अधिकांश गम्भिर अपराधमा दोषी ठहर भएर कैद भुक्तान गरिरहेका छन् ।
कास्की कारागारमा ७ सय ७३ कैदीबन्दी थिए । तीमध्ये महिला ब्लकमा ३५ र पुरुष ब्लकमा ७ सय ३८ जना रहेका थिए । भागेकामध्ये केही स्वेच्छाले फर्किएका छन् भने केहीलाई प्रहरीले पक्राउ गरेर बुझाएको छ । कारागार प्रमुख राजेन्द्र शर्माका अनुसार ५ सय २१ जना कैदीबन्दी फिर्ता भैसकेका छन् ।बाँकी कैदीबन्दीको खोजी जारी छ ।
फरार रहनेहरुको अब प्रहरीमार्फत खोजी गर्न लागिएको छ । फरार कैदीबन्दीहरूमध्ये अधिकांश जबर्जस्ती करणी, लागुऔषध कारोबार, कर्तव्य ज्यान, चोरी, बैंकिङ कसुर, सवारी दुर्घटनामा ज्यान जाने, सहकारीसम्बन्धी मुद्दा, बालयौन दुराचार, अभद्र व्यवहार र कीर्ते मुद्दामा सजाय काटिरहेका थिए । कारागार कार्यालयले फरारको नामावली सार्वजनिक गरिसकेको र उनीहरूलाई पक्राउ गर्न प्रहरीको विशेष टोली गठन गरिएको छ ।
कारागार कार्यालयले सार्वजनिक गरेको सूचीअनुसार सबैभन्दा धेरै जबर्जस्ती करणी र लागुऔषध तथा चोरी र कर्तव्य ज्यानका कैदीबन्दी फरार भएका छन् । जबर्जस्ती करणीका ८३ जना, हाडनाता करणीका ८ जना फरार छन् । यस्तै, लागुऔषधतर्फका ५१ जना, चोरीका २१ जना, कर्तव्य ज्यानका ९ जना फरार छन् । ज्यान कसुरका छुट्टै ३ जना छन् भने आपराधिक लाभका १ जना र अपहरण तथा शरीर बन्धक गर्ने २ जना पनि अहिले कारागारको सम्पर्कमा छैनन् ।
अभद्र व्यवहार गर्ने ४ जना, सहकारी ठगीका ११ जना, सुनका १ जना, सवारी ज्यानका ५ जना, बैंकिङ कसुरका ६ जना, बहुविवाहका १ जना, चेक अनादरका ५ जना, अप्राकृतिक मैथुनका १ जना, लेनदेनका १ जना, बालबालिकासम्बन्धी कसुरका ३ जना, राष्ट्र बैंक ऐन कसुरका १ जना र कारागार ऐनका १ जना फरार छन् । फरारमध्ये १३ जना विदेशी छन् । अधिकांश लागुऔषध, जबर्जस्ती करणी र मानव बेचविखन मुद्दामा कैद भुक्तान गरिरहेका थिए । ११ जना भारतीय र २ जना चिनियाँ नागरिक समेत कास्की कारागारमा थिए ।
यसैबीच, जेनजी आन्दोलनका क्रममा पोखराको ग्यारजातीस्थित बाल सुधारगृहबाट भागेका १ सय ९ जना बालकहरूमध्ये हालसम्म ९६ जना फर्किएका छन् भने १३ जना अझै फर्किन बाँकी छन् ।
सुधारगृहबाट भागेका ती अधिकांश बालक जबर्जस्ती करणीसम्बन्धी मुद्दामा सुधारगृह पठाइएका थिए ।
फरार भएकाहरुबारे सम्बन्धित स्थानीय तह, प्रहरी चौकी र सर्वसाधारणलाई पनि सूचना दिइएको र सम्पर्कमा नआएकालाई कानूनी प्रक्रियाअनुसार पक्राउ गरी कारागारमा ल्याउने शर्माले सुनाए ।
सम्बन्धित खबर
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
सार्वजनिक सम्पत्तिप्रतिको जिम्मेवारी र अपनत्व प्रस्तुत गर्न सरसफाई: प्रदेश सांसद गुरुङ
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा