दशैं पूर्णिमाको अवसरमा स्याङ्जाको पुतलीबजार नगरपालिका –१२ पेल्काचौरमा सम्पन्न अन्तर वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि तनहुँको शुक्लागण्डकी नगरपालिका –१२ ले जितेको छ ।
मनकामना युवा क्लब पेल्काचौरको आयोजनामा भएको रोमाञ्चक फाइनल खेलमा शुक्लागण्डकी -१२ ले गल्याङ नगरपालिका –७ लाई ३–२ को सेटमा हराउँदै उपाधि हात पारेको हो । खेल २३–२५, २५–२१, २०–२५, २५–१६ र १५–१३ को सेटमा टुंगिएको थियो ।
विजेता शुक्लागण्डकीले एक लाख रुपैयाँ नगदसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता गल्याङले ६० हजार रुपैयाँमा चित्त बुझाएको छ । तेस्रो स्थानमा वालिङ नगरपालिका –३ माझकोट रहँदै ४० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरेको छ ।
प्रतियोगितामा उत्कृष्ट खेलाडीको उपाधि शुक्लागण्डकीका बिशाल ठकुरीले हात पारे । त्यस्तै, स्पाइकरमा विवस ठकुरी, सेटरमा अशिक ठकुरी, ब्लकरमा सुगम सुनार, सर्भर उमेश सेन्चुरी र डिफेन्डरमा अर्जुन गुरुङ चयन भएको राष्ट्रिय रेफ्री अनिल रानाले जानकारी दिए ।
‘हाम्रो गौरव, हाम्रो पौरख, हाम्रो पेल्काचौर’ नारासहित असोज २२ गतेदेखि सुरू भएको प्रतियोगितामा स्याङ्जा र तनहुँका १२ टिमले प्रतिस्पर्धा भएको राष्ट्रिय रेफ्री रानाले बताए ।
मनकामना युवा क्लबका अध्यक्ष राजेन्द्र शर्माका अनुसार, समुदायबीच एकता, स्थानीय संस्कृतिको संरक्षण र खेलकुदप्रतिको रुचि प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्बन्धित खबर
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
तीन वर्षमा स्याङ्जाका दुई हजार ९१० जनाले लिए सुरक्षित गर्भपतन सेवा
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
यो पनि पढौँ
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा