स्याङ्जाको भीरकोट नगरपालिका –१ मा बयरघरी पिस युथ क्लबको आयोजनामा सिसौघारी स्थित खेलमैदानमा जारी पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता आज सेमिफाइनल चरणमा प्रवेश गरेको छ ।
गत असोज २३ गतेदेखि सञ्चालनमा आएको चौथो बयरघारी रमाइलो मेलाको मुख्य आकर्षणको रूपमा रहेको भलिबल प्रतियोगितामा आज दुई सेमिफाइनल खेल हुने भएका छन् ।
पहिलो खेल बिहान ११ बजे समूह ‘बि’ का विजेता भीरकोट नगरपालिका र समूह ‘ए’ का उपविजेता वालिङ नगरपालिकाबीच हुनेछ । त्यस्तै, दोस्रो खेल दिउँसो २ बजे समूह ‘ए’ का विजेता पुतलीबजार नगरपालिका र समूह ‘बि’ का उपविजेता बिरुवा गाउँपालिकाबीच हुने रेफ्री संयोजक देबकुमार गुरुङले जानकारी दिए ।
प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टिमले नगद एक लाख १५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ । द्वितीयले ७० हजार, तृतीयले ४० हजार र सान्त्वना टिमले ३० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । साथै, उत्कृष्ट खेलाडी, स्पाइकर, लिफ्टर, ब्लकर, लिब्रो, क्वीकर र सर्वरको रूपमा पनि छुट्टाछुट्टै पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
चार–चार पालिकालाई दुई समूहमा विभाजन गरी लिग प्रणालीमा खेल सञ्चालन गरिएको प्रतियोगितामा अर्जुनचौपारी, बिरुवा, पुतलीबजार, भीरकोट, वालिङ र तनहुँको शुक्लागण्डकी लगायतका टोलीहरूको सहभागिता रहेको छ ।
सम्बन्धित खबर
ग्यासमा कृत्रिम अभाव रोक्न स्याङ्जामा छड्के अनुगमन
३१ वर्षदेखि अधुरै चापाकोट–गल्याङ सडक, आधा काममै अल्झियो
जोर्ज जोन शिक्षा प्रतिष्ठानको अध्यक्षमा विनोद कायस्थ, पाँच शिक्षासेवी सम्मानित
अर्जुनचौपारीमा खोला किनार र सार्वजनिक जग्गाका संरचना हटाउने तयारी
पुल नहुँदा सदरमुकामकै दुई खोलामा जोखिमपूर्ण यात्रा
पोखरामा थ्री–एस सुविधासहित बीवाइडीको आधिकारिक सर्भिस सेन्टर खुल्यो
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
जोर्ज जोन शिक्षा प्रतिष्ठानको अध्यक्षमा विनोद कायस्थ, पाँच शिक्षासेवी सम्मानित