स्याङ्जाको भीरकोट नगरपालिका –१ मा बयरघरी पिस युथ क्लबको आयोजनामा सिसौघारी स्थित खेलमैदानमा जारी पालिका स्तरीय पुरुष भलिबल प्रतियोगितामा भीरकोट नगरपालिका फाइनलमा प्रवेश गरेको छ ।
गत असोज २३ गतेदेखि सञ्चालनमा आएको चौथो बयरघारी रमाइलो मेलाको मुख्य आकर्षणको रूपमा रहेको भलिबल प्रतियोगिताअन्तर्गत शनिबार भएको पहिलो सेमिफाइनल खेलमा भीरकोट नगरपालिकाले प्रतिद्वन्द्वी वालिङ् नगरपालिकालाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।
समूह ‘बि’ का विजेता भीरकोट नगरपालिकाले समूह ‘ए’ का उपविजेता वालिङ् नगरपालिकामाथि ३–२ सेटको विजयी प्रदर्शन गर्दै फाइनलको लागि स्थान प्राप्त गरेको हो । भीरकोटले पहिलो सेट २५-२२, दोस्रो सेट २५-२२, तेस्रो सेट १९-२५, चौथो सेट १९-२५ र पाँचौं सेट १५-११ ले जित निकाल्न सफल रहेको हो ।
यसैगरी, समूह ‘ए’ का विजेता पुतलीबजार नगरपालिका र समूह ‘बि’ का उपविजेता बिरुवा गाउँपालिकाबीच दोस्रो सेमिफाइनल खेल चलिरहेको छ । रमाइलो मेलाको अन्तिम दिन अर्थात् कार्तिक २ गते आइतबार तेस्रो स्थान र फाइनल खेल हुने क्लबका अध्यक्ष रोशन गुरुङले जानकारी दिए ।
प्रतियोगिताको विजेताले एक लाख १५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ७० हजार, तेस्रोले ४० हजार र सान्त्वना हुने टोलीले ३० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् ।
त्यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई र विधागततर्फ उत्कृष्ट स्पाइकर, लिफ्टर, ब्लकर, लिब्रो, क्वीकर र सर्वरलाई छुट्टाछुट्टै पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
चार–चार पालिकालाई दुई समूहमा विभाजन गरी लिग प्रणालीमा खेल सञ्चालन गरिएको प्रतियोगितामा अर्जुनचौपारी, बिरुवा, पुतलीबजार, भीरकोट, वालिङ र तनहुँको शुक्लागण्डकी लगायतका टोलीहरूको सहभागिता रहेको छ ।
सम्बन्धित खबर
स्याङ्जामा मंसिर ५ गते बृहत् स्वास्थ्य शिविर, विशेषज्ञ टोलीद्वारा सेवा
क्यान महासंघ कास्कीको १८ औं साधारणसभा सम्पन्न
कास्की कारागारबाट फरार कैदी स्याङ्जामा पक्राउ
आँधीखोला किनारबाट अवैध गिट्टी–बालुवासहित ट्याक्टर नियन्त्रणमा
आदिवासी जनजाति आयोगको प्रतिवेदन गण्डकी प्रदेश प्रमुख समक्ष पेस
‘सुन–चाँदी’ जस्तै धातुका गहनासहित एक युवक पक्राउ
यो पनि पढौँ
राप्रपाका खनाल र रास्वपाका पाण्डे पोखराबाट पक्राउ
एमबीबीएस प्रवेश परीक्षाः पोखराको प्रतिभाका ५ विद्यार्थी टप १०० मा पर्न सफल
एमबीबीएस प्रवेश परीक्षामा उत्कृष्ट विद्यार्थीलाई प्रतिभाको सम्मान
प्रतिभाको विज्ञान प्रदर्शनीमा ‘सर्भिङ रोबोट’ सर्वोत्कृष्ट