स्याङ्जाको भीरकोट नगरपालिका –१ सिसौघारीस्थित खेलमैदानमा जारी पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता फाइनल चरणमा प्रवेश गरेको छ ।
बयरघरी पिस युथ क्लबको आयोजनामा असोज २३ गतेदेखि सुरु भएको चौथो बयरघारी रमाइलो मेलाको मुख्य आकर्षण बनेको यस प्रतियोगिताका सेमिफाइनल खेलमा भीरकोट नगरपालिका र पुतलीबजार नगरपालिकाले प्रतिद्वन्द्वीलाई पराजित गर्दै उपाधिका लागि भिड्ने भएका हुन् ।
पहिलो सेमिफाइनल खेलमा भीरकोट नगरपालिकाले वालिङ् नगरपालिकालाई ३–२ को सेटले विजयी प्रदर्शन गर्दै फाइनलको लागि स्थान प्राप्त गरेको थियो ।
भीरकोटले पहिलो र दोस्रो सेट क्रमशः २५-२२, २५-२२ को स्कोरमा जितेको थियो भने वालिङले तेस्रो र चौथो सेट २५-१९, २५-१९ ले आफ्नो पक्षमा पारेको थियो । तर निर्णायक पाँचौं सेटमा भीरकोटले पुनः दमदार प्रदर्शन गर्दै १५-११ ले जित हात पारेको हो ।
त्यसैगरी, दोस्रो सेमिफाइनलमा पुतलीबजार नगरपालिकाले बिरुवा गाउँपालिकालाई ३–२ को सेटले हराउँदै आफ्नो फाइनलमा यात्रा तय गरेको छ । पुतलीबजारले पहिलो सेट २३-२५, दोस्रो सेट २६-२४, तेस्रो २५-१९, चौथो १८-२५ र निर्णायक पाँचौं सेटमा वालिङलाई १५-९ को अङ्कले पराजित गर्न सफल रहेको हो ।
क्लबका अध्यक्ष रोशन गुरुङका अनुसार रमाइलो मेलाको अन्तिम दिन कार्तिक २ गते आइतबार तेस्रो स्थान र फाइनल खेल हुने भएको छ ।
प्रतियोगिताको विजेता टोलीले एक लाख १५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेतालाई ७० हजार, तेस्रो हुने टोलीलाई ४० हजार र सान्त्वना टोलीलाई ३० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।
साथै, सर्वोत्कृष्ट खेलाडीसहित उत्कृष्ट स्पाइकर, लिफ्टर, ब्लकर, लिब्रो, क्वीकर र सर्वरलाई पनि पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
सम्बन्धित खबर
स्याङ्जामा मंसिर ५ गते बृहत् स्वास्थ्य शिविर, विशेषज्ञ टोलीद्वारा सेवा
क्यान महासंघ कास्कीको १८ औं साधारणसभा सम्पन्न
कास्की कारागारबाट फरार कैदी स्याङ्जामा पक्राउ
आँधीखोला किनारबाट अवैध गिट्टी–बालुवासहित ट्याक्टर नियन्त्रणमा
आदिवासी जनजाति आयोगको प्रतिवेदन गण्डकी प्रदेश प्रमुख समक्ष पेस
‘सुन–चाँदी’ जस्तै धातुका गहनासहित एक युवक पक्राउ
यो पनि पढौँ
राप्रपाका खनाल र रास्वपाका पाण्डे पोखराबाट पक्राउ
एमबीबीएस प्रवेश परीक्षाः पोखराको प्रतिभाका ५ विद्यार्थी टप १०० मा पर्न सफल
एमबीबीएस प्रवेश परीक्षामा उत्कृष्ट विद्यार्थीलाई प्रतिभाको सम्मान
प्रतिभाको विज्ञान प्रदर्शनीमा ‘सर्भिङ रोबोट’ सर्वोत्कृष्ट