यो वर्ष तिहार पर्वको समयमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव हुने छैन । तर, पश्चिमी वायुको सामान्य प्रभावले देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदलीसम्म हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
तिहारको समयमा पहाडी भू–भागका एक–दुई स्थानमा फाटफुट वर्षा हुनसक्छ । उच्च हिमाली भू–भागमा हल्का वर्षा/हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाले शनिबार (कात्तिक १) साँझ तिहार विशेष मौसम बुलेटिन जारी गरेको हो । बुलेटिनमा कात्तिक ३ देखि ६ गतेसम्म तिहार अवधिको मौसम पूर्वानुमान उल्लेख छ ।
तिहार विशेष मौसम बुलेटिनः
कार्तिक ३ (लक्ष्मीपूजा) : देशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहनेछ । कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशहरूका पहाडी भू–भागका एक–दुई स्थानमा फाटफुट वर्षाको सम्भावना रहेको छ ।
कार्तिक ४ (औँसी) : देशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहनेछ । कोसी, गण्डकी र कर्णाली प्रदेशहरूका पहाडी भू–भागका एक–दुई स्थानमा फाटफुट वर्षाको सम्भावना रहेको छ ।
कार्तिक ५ (गोवर्धन पूजा) : देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहनेछ । कोसी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।
कार्तिक ६ (भाइटीका) : कोसी र मधेस प्रदेशलगायत देशका बाँकी पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहनेछ । सबै प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।
सम्बन्धित खबर
गण्डकी, कोशी र बागमतीमा सोमबार र मंगलबार भारी वर्षाको सम्भावना
काठमाडौँसहित देशभर मनसुनी वायुको असर: कुन-कुन क्षेत्रमा छ पानी पर्ने सम्भावना?
दुई दिन अतिभारी वर्षाको चेतावनी, उच्च सतर्कता अपनाउन आग्रह
देशभर मनसुन सक्रिय हुँदै: कोशीमा भारी वर्षा र तराईमा हुरीको सम्भावना
आगामी ४–५ दिनभित्र देशभर मनसुन फैलिने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना
मनसुन कोशीबाट भित्रियो, गण्डकी र लुम्बिनीसम्म फैलियो
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा