पालिका स्तरीय पुरुष भलिबल प्रतियोगितालो उपाधि पुतलीबजार नगरपालिकाले हात पारेको छ ।
स्याङ्जाको भीरकोट नगरपालिका -१ सिसौघारी खेलमैदानमा बयरघारी पिस युथ क्लबले असोज २३ गतेदेखि आयोजना गरेको चौथो बयरघारी रमाइलो मेलामा मुख्य आकर्षण बनेको यस प्रतियोगिताको फाइनल खेलमा पुतलीबजारले भीरकोट नगरपालिकालाई ३-२ को सेटमा पराजित गर्दै उपाधि जितेको हो ।
रमाइलो मेलाको अन्तिम दिन आइतबार सम्पन्न फाइनल खेलमा पुतलीबजारले पहिलो सेट २५-२०, दोस्रो सेट २१-२५, तेस्रो सेट २५-२०, चौथो सेट २४-२६ र अन्तिम पाँचौं सेट १५-१२ ले जित्दै उपाधि हासिल गरेको हो ।
विजेता पुतलीबजार नगरपालिकाले नगद एक लाख १५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता भीरकोट नगरपालिकाले नगद ७० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ ।
त्यस्तै, तेस्रो स्थानको लागि भएको खेलमा वालिङ् नगरपालिकाले बिरुवा गाउँपालिकालाई ३-१ को सेटमा हराउँदै जित हासिल गरेको छ । पहिलो सेट १८-२५ ले गुमाएको वालिङ्ले लगातार दोस्रो सेट २५-१५, तेस्रो सेट २५-२० र चौथो सेट २५-१७ को अङ्कले आफ्नो पोल्टामा पार्दै जितेको थियो ।
तेस्रो स्थान हासिल गरेको वालिङ्ले नगद ४० हजार रुपैयाँ र सान्त्वना भएको बिरुवाले नगद ३० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएका छन् । उनीहरुलाई सबैलाई भीरकोट नगरपालिकाका प्रमुख गोविन्द कुमार कर्माचार्यले पुरस्कार प्रदान गरेका थिए ।
प्रतियोगितामा पुतलीबजार नगरपालिकाका दर्शन गुरुङ सर्वोत्कृष्ट खेलाडी बनेका छन् । यस्तै, पुतलीबजारकै लेशन गुरुङ उत्कृष्ट ब्लकर, विवश खड्का उत्कृष्ट सेटर र सन्तोष राना उत्कृष्ट प्रशिक्षक, भीरकोट नगरपालिकाका सुशील खड्का उत्कृष्ट स्पाइकर, जीत बहादुर सार्की उत्कृष्ट लिब्रो, वालिङ् नगरपालिकाका ठग बहादुर गुरुङ उत्कृष्ट सर्वर र बिरुवा गाउँपालिकाका लभसन सुनार उदयमान खेलाडी घोषित भएका छन् ।
विधागततर्फका सबैलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको क्लबका अध्यक्ष रोशन गुरुङले जानकारी दिए ।
चार–चार पालिकालाई दुई समूहमा विभाजन गरी लिग प्रणालीमा खेल सञ्चालन गरिएको प्रतियोगितामा अर्जुनचौपारी, बिरुवा, पुतलीबजार, भीरकोट, वालिङ र तनहुँको शुक्लागण्डकी लगायतका टोलीहरूको सहभागिता रहेको थियो ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु