पालिका स्तरीय पुरुष भलिबल प्रतियोगितालो उपाधि पुतलीबजार नगरपालिकाले हात पारेको छ ।
स्याङ्जाको भीरकोट नगरपालिका -१ सिसौघारी खेलमैदानमा बयरघारी पिस युथ क्लबले असोज २३ गतेदेखि आयोजना गरेको चौथो बयरघारी रमाइलो मेलामा मुख्य आकर्षण बनेको यस प्रतियोगिताको फाइनल खेलमा पुतलीबजारले भीरकोट नगरपालिकालाई ३-२ को सेटमा पराजित गर्दै उपाधि जितेको हो ।
रमाइलो मेलाको अन्तिम दिन आइतबार सम्पन्न फाइनल खेलमा पुतलीबजारले पहिलो सेट २५-२०, दोस्रो सेट २१-२५, तेस्रो सेट २५-२०, चौथो सेट २४-२६ र अन्तिम पाँचौं सेट १५-१२ ले जित्दै उपाधि हासिल गरेको हो ।
विजेता पुतलीबजार नगरपालिकाले नगद एक लाख १५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता भीरकोट नगरपालिकाले नगद ७० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ ।
त्यस्तै, तेस्रो स्थानको लागि भएको खेलमा वालिङ् नगरपालिकाले बिरुवा गाउँपालिकालाई ३-१ को सेटमा हराउँदै जित हासिल गरेको छ । पहिलो सेट १८-२५ ले गुमाएको वालिङ्ले लगातार दोस्रो सेट २५-१५, तेस्रो सेट २५-२० र चौथो सेट २५-१७ को अङ्कले आफ्नो पोल्टामा पार्दै जितेको थियो ।
तेस्रो स्थान हासिल गरेको वालिङ्ले नगद ४० हजार रुपैयाँ र सान्त्वना भएको बिरुवाले नगद ३० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएका छन् । उनीहरुलाई सबैलाई भीरकोट नगरपालिकाका प्रमुख गोविन्द कुमार कर्माचार्यले पुरस्कार प्रदान गरेका थिए ।
प्रतियोगितामा पुतलीबजार नगरपालिकाका दर्शन गुरुङ सर्वोत्कृष्ट खेलाडी बनेका छन् । यस्तै, पुतलीबजारकै लेशन गुरुङ उत्कृष्ट ब्लकर, विवश खड्का उत्कृष्ट सेटर र सन्तोष राना उत्कृष्ट प्रशिक्षक, भीरकोट नगरपालिकाका सुशील खड्का उत्कृष्ट स्पाइकर, जीत बहादुर सार्की उत्कृष्ट लिब्रो, वालिङ् नगरपालिकाका ठग बहादुर गुरुङ उत्कृष्ट सर्वर र बिरुवा गाउँपालिकाका लभसन सुनार उदयमान खेलाडी घोषित भएका छन् ।
विधागततर्फका सबैलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको क्लबका अध्यक्ष रोशन गुरुङले जानकारी दिए ।
चार–चार पालिकालाई दुई समूहमा विभाजन गरी लिग प्रणालीमा खेल सञ्चालन गरिएको प्रतियोगितामा अर्जुनचौपारी, बिरुवा, पुतलीबजार, भीरकोट, वालिङ र तनहुँको शुक्लागण्डकी लगायतका टोलीहरूको सहभागिता रहेको थियो ।
सम्बन्धित खबर
स्याङ्जामा मंसिर ५ गते बृहत् स्वास्थ्य शिविर, विशेषज्ञ टोलीद्वारा सेवा
क्यान महासंघ कास्कीको १८ औं साधारणसभा सम्पन्न
कास्की कारागारबाट फरार कैदी स्याङ्जामा पक्राउ
आँधीखोला किनारबाट अवैध गिट्टी–बालुवासहित ट्याक्टर नियन्त्रणमा
आदिवासी जनजाति आयोगको प्रतिवेदन गण्डकी प्रदेश प्रमुख समक्ष पेस
‘सुन–चाँदी’ जस्तै धातुका गहनासहित एक युवक पक्राउ
यो पनि पढौँ
राप्रपाका खनाल र रास्वपाका पाण्डे पोखराबाट पक्राउ
एमबीबीएस प्रवेश परीक्षाः पोखराको प्रतिभाका ५ विद्यार्थी टप १०० मा पर्न सफल
एमबीबीएस प्रवेश परीक्षामा उत्कृष्ट विद्यार्थीलाई प्रतिभाको सम्मान
प्रतिभाको विज्ञान प्रदर्शनीमा ‘सर्भिङ रोबोट’ सर्वोत्कृष्ट