स्याङ्जाको भीरकोट नगरपालिका –८ स्थित पब्लिक एकेडेमी माध्यमिक विद्यालयका १३० जना विद्यार्थीलाई विद्यालय पोशाक (ट्रयाक सुट) वितरण गरिएको छ ।
मानवीय परोपकारी संस्था नेपाल मार्फत मनमोहन मेमोरियल अस्पतालका स्त्रीरोग विशेषज्ञ तथा समाजसेवी डा. मनोर दिन सैयदको पहलमा विद्यार्थीहरूलाई पोशाक वितरण गरिएको हो ।
पोशाक वितरण कार्यक्रममा नगर प्रमुख गोविन्द कुमार कर्माचार्यले डा. सैयदले भीरकोटको शिक्षा र स्वास्थ्य क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको उल्लेख गर्दै धन्यवाद व्यक्त गरेका छन् । उनले विद्यार्थीहरूलाई “डा. सैयदजस्तै परिश्रमी र उदाहरणीय बन्न” आग्रह समेत गरेका छन् ।
डा. सैयदले “विद्यार्थीको अनुहारमा खुशी देख्न पाउँदा आत्मसन्तोष मिलेको” बताउँदै, शिक्षाको विकासका लागि आफू निरन्तर साथ दिने प्रतिबद्धता जनाएका छन् । उनले विद्यालय र विद्यार्थी नै समाजको मेरुदण्ड भएकाले सहयोगलाई निरन्तरता दिने बताएका छन् ।
त्यस्तै, निवर्तमान नगर प्रमुख छायाराम खनालले डा. सैयदको जन्मभूमिप्रतिको मायाको प्रशंसा गर्दै, बालबालिका र विद्यालयप्रति सबैले माया र जिम्मेवारीका साथ सहयोग गर्नुपर्ने धारणा राखेका छन् ।
विद्यालयका प्रधानाध्यापक गीता रोका क्षेत्रीका अनुसार पोशाक वितरण विशेष गरी जनजाति, दलित र विपन्न समुदायका विद्यार्थीहरूलाई केन्द्रित गरिएको हो ।
कार्यक्रममा वडा अध्यक्ष नन्दलाल खनालले वडा नं. ८ मा स्वास्थ्य शिविर सञ्चालनका लागि डा. सैयदको सहकार्यमा पहल गर्न अनुरोध गरेका छन् ।
स्थानीय अभिभावक र शिक्षकहरूले बालमैत्री वातावरण निर्माण र शिक्षाको गुणस्तर सुधारमा यो सहयोगले सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन् ।
सम्बन्धित खबर
शिक्षकको जागिर छाडेर २२० रोपनीमा कागती खेती
अवैध रुपमा नदीजन्य पदार्थ ओसारपसार गरिरहेको ट्याक्टर कारबाहीमा, ३० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा पुँजीगत बजेट खर्च ६८ प्रतिशतमा सीमित
पुतलीबजारका केही वडामा धानमा खपटे किराको प्रकोप
गोपालमान श्रेष्ठको निधनमा पुतलीबजारमा बुधबार सार्वजनिक बिदा
स्याङ्जाको सुन्तलाबाट एक वर्षमै सवा अर्बभन्दा बढी आम्दानी
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
सपनामा पनि मलाई संघीयता विरोधी नसोच्नुस्, हिन्दूराष्ट्र र राजतन्त्रको पक्षमा म छैन: बालेन
रविले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री नै गएनन्