पोखरामा नर्सहरु सरकारले तोकेबमोजिम सेवासुविधाको माग गर्दै आन्दोलित भइरहँदा नेपाल रेडियोलोजिकल सोसाइटी, गण्डकी प्रदेश समितिले पनि तोएिको तलब तुरुन्त कार्यान्वयन गर्न आग्रह गरेको छ ।
सोसाइटीका केन्द्रीय सदस्य सन्दीप लुइटेल र प्रदेश सचिव विमल क्षेत्रीले ३ बुँदे मागसहित प्रेस विज्ञप्ति जारी गर्दै उचित पारिश्रमिक, सेवा सुविधा तथा व्यवसायिक सम्मानको दीगो माग राख्दै शान्तिपूर्ण आन्दोलनको अगुवाई गरेका सम्पूर्ण नर्सहरुमा हार्दिक धन्यवाद व्यक्त गर्दै ऐक्यबद्धता पनि जाहेर गरिएको छ ।
विज्ञप्तिमा भनिएको छः ‘यो आन्दोलन केवल नर्सहरुको मात्र नभई सम्पूर्ण स्वास्थ्यकर्मी साथीहरुको आन्दोलन हो । तसर्थ, ल्याब, फार्मेसी, डेन्टल, एचए लगायत सम्पूर्ण स्वास्थ्यकर्मी साथीहरुलाई यस आन्दोलनमा साथ समर्थन गरी सहयोग गरिदिनुहुन हार्दिक अपिल गर्दछौँ ।’
सोसाइटीले अघि सारेको तीन मागहरुमा रेडियोलोजी विभागमा कार्यरत सम्पूर्ण स्वास्थ्यकर्मी अनिवार्य रुपमा सम्बिन्ध निकायमा दर्ता गरिनुपर्ने र प्रत्येक रेडियोलोजी विभाग कानूनी रुपमा दर्ता हुनुपर्ने, गत वर्ष असोज २४ गते सरकारले तोकेर पठाएको तलब तुरुन्त कार्यान्वयन गर्नुपर्ने र रेडियोलोजी सेवा क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीलाई विकिरण जोखिम भत्ता उपलब्ध गराई आवश्यक सुरक्षा उपकरण उपलब्ध गराउनुपर्ने रहेका छन् ।

सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन