स्याङ्जाको गल्याङ नगरपालिका –१ मालुङ्गास्थित गणेश बस्यालको घरमा तास खेलिरहेको विशेष सूचनाको आधारमा प्रहरीले छापा मार्दा सात जना पक्राउ परेका छन् । पक्राउ परेकामध्ये एकजना पूर्व वडाअध्यक्ष र एकजना हालका वडासदस्यसमेत रहेको खुलासा भएको छ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जा र वडा प्रहरी कार्यालय वालिङको संयुक्त टोलीले प्रहरी नायब उपरीक्षक कमलराज पण्डितको कमाण्डमा असोज ३ गते दिउँसो करिब साढे ३ बजेतिर गरिएको छापामा १५६ पत्ती तास (३ बुक) र १ लाख ९७ हजार ७ सय रुपैयाँ नगद बरामद गरिएको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिए ।
उनका अनुसार पक्राउ पर्नेहरूमा गल्याङ नगरपालिका -१ का ५० वर्षीय गणेश बस्याल, ७२ वर्षीय कुस्मखर न्यौपाने, ५९ वर्षीय ओम प्रसाद श्रेष्ठ, ५१ वर्षीय लक्ष्मीप्रसाद बस्याल, ४४ वर्षीय सुन्दर बस्याल, ४२ वर्षीय चुडामणि बस्याल र लोकनाथ बस्याल रहेका छन् ।
सूचना अधिकारी चौधरीले पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धान तथा कानूनी प्रक्रिया अघि बढाइएको बताएका छन् ।
जनप्रतिनिधिहरु नै जुवाखालमा समातिँदा जनप्रतिनिधिहरूको आचरणप्रति प्रश्न उठेको छ । पक्राउ परेकामध्ये गणेश बस्याल नेकपा एमालेबाट स्थानीय तह निर्वाचन २०७४ का निर्वाचित पूर्व वडाअध्यक्ष र ओम प्रसाद श्रेष्ठ नेपाली काङ्ग्रेसबाट स्थानीय तह निर्वाचन २०७४ र २०७९ का निर्वाचित बहालवाला वडासदस्य रहेका छन् ।
सम्बन्धित खबर
शिक्षकको जागिर छाडेर २२० रोपनीमा कागती खेती
अवैध रुपमा नदीजन्य पदार्थ ओसारपसार गरिरहेको ट्याक्टर कारबाहीमा, ३० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा पुँजीगत बजेट खर्च ६८ प्रतिशतमा सीमित
पुतलीबजारका केही वडामा धानमा खपटे किराको प्रकोप
गोपालमान श्रेष्ठको निधनमा पुतलीबजारमा बुधबार सार्वजनिक बिदा
स्याङ्जाको सुन्तलाबाट एक वर्षमै सवा अर्बभन्दा बढी आम्दानी
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
सपनामा पनि मलाई संघीयता विरोधी नसोच्नुस्, हिन्दूराष्ट्र र राजतन्त्रको पक्षमा म छैन: बालेन
रविले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री नै गएनन्