तिहार नजिकिँदै गर्दा स्याङ्जामा अवैध पटका कारोबार गर्नेहरूको गतिविधि बढ्दै गएको छ । जिल्ला प्रहरी कार्यालय, स्याङ्जाले विशेष सूचनाको आधारमा सोमबार पुतलीबजारका विभिन्न स्थानमा छापा मार्दै ठूलो परिमाणमा पटका बरामद गरे पनि बजारमा अझै लुकेर बिक्री भइरहेको स्थानीयले बताएका छन् ।
पुतलीबजार नगरपालिका –१ नारायणस्थानकी ४२ वर्षीया अरूणा गुरुङ र २९ वर्षीया सविना खातुनको घर तथा पसलमा गरिएको छापामारीमा प्रहरीले टर्की नामक सामान्य विष्फोटक पदार्थ (पटका) का १५ प्याकेट फेला पारेको हो ।
त्यसैगरी, प्रगतिनगरस्थित ६० वर्षीय जीवन थापाले सञ्चालन गरेको गिफ्ट पसलमा विभिन्न ब्रान्डका पटका बिक्रीका लागि राखिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
उनको पसलबाट कार्थिस २१ प्याकेट, म्याजिक पेपर सट १३ प्याकेट, हाइड्रो ग्रीन ३ र ग्राउन्ड चक्कर २० प्याकेट बरामद गरिएको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिए । उनका अनुसार बरामद भएका सामग्रीहरू तत्कालै नष्ट गरिएको हो ।
तर, प्रहरी कारबाहीकै बीच पनि बजारमा बालबालिका र किशोरहरू पटका किनमेल गरिरहेको देखिएको स्थानीयको गुनासो छ । “बरामद त गरियो, तर गल्लीगल्लीमा अझै स-साना पसलहरूबाट पटका खुलेआम बिक्री भइरहेका छन्,” पुतलीबजारका एक अभिभावकले नाम नखुलाउने सर्तमा बताए ।
प्रहरीले भने तिहारको मुखमा यस्ता विष्फोटक पदार्थले दुर्घटनाको जोखिम बढाउने भएकाले बजारमा अनुगमनलाई थप कडाइ गर्ने जनाएको छ । सूचना अधिकारी चौधरीका अनुसार, “अवैध पटका आयात, बिक्री र प्रयोग कानुन विपरीतको काम हो । जो कोही संलग्न पाइए तुरुन्तै कारबाही हुन्छ ।”
तिहार नजिकिँदै गर्दा बालबालिकाको आकर्षण र अभिभावकको उदासीनतामाझ बजारमा फेरि पटकाको धुँवो देखिन थालेको छ । प्रहरीको कारबाही त देखियो, तर जोखिम अझै मेटिएको छैन ।
स्थानीयबासीले भने यस्ता अवैध पटका पसलहरू नियमित अनुगमन गर्न प्रहरीले अझ सशक्त कदम चाल्नुपर्ने सुझाव दिएका छन् ।
सम्बन्धित खबर
चापाकोटमा निर्वाचन सुरक्षाबारे उच्चस्तरीय छलफल, शान्तिपूर्ण मतदानमा जोड
स्याङ्जामा प्रतिनिधिसभा निर्वाचनका लागि करिब दुई हजार कर्मचारी खटाइँदै
वालिङ अस्पतालमा पहिलोपटक शव राख्ने फ्रिज सुविधा थपियो
स्याङ्जामा चुनावी ‘ड्राइ डे’ लागू, नतिजा नआएसम्म मदिरा बिक्रीवितरण तथा सेवनमा अस्थायी रोक
स्याङ्जा–२ मा झविलाल डुम्रेको चुनावी प्रतिबद्धता सार्वजनिक, सुशासनदेखि कृषि र पूर्वाधारसम्म प्राथमिकता
स्याङ्जा–२ मा कांग्रेसका मल्ललाई जय मातृभूमि पार्टीका थापाको समर्थन
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
चुनावमा तीन दिन बिदा दिन सरकारलाई आयोगको सिफारिस