पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले नेपाल संवतले नेपालीलाई एकतावद्ध हुन प्रेरणा प्रदान गर्ने बताएका छन् ।
नेपाल संवत् ११४६ को अवसरमा एक शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख भट्टले यस चाडले हामी सबैको एकतालाई मजबुत बनाओस् भनी कामना गरेका हुन् ।
प्रदेश प्रमुख भट्टको सन्देशमा नेपाल संवत् मौलिक संवत् भएको, नेपालबाट प्रचलनमा ल्याइएको र परोपकारका कामबाट सुरु गरिएको उल्लेख गरिएको छ । उहाँले सन्देशमा भन्नुभएको छ– “नेपाल संवतले हामीलाई परोपकार तर्फ प्रेरित गरोस्, उज्यालो तर्फ जान प्रेरित गरोस् र यस चाडले हामी सबैको एकतालाई मजबुत बनाओस् ।”
नेपाल संवतका प्रवर्तक शंखधर शाख्वाको स्मरण गर्दै प्रदेश प्रमुख भट्टले शाख्वाको योगदानको कदर गर्दै राष्ट्रिय विभूती घोषणा गरिएको उल्लेख गरेका छन् । उनले भनेका छन्ः ‘नेपाल संवतको प्रचलन र गरिवी उन्मूलनको अभियान थालनी गरेबाट समाजमा शान्ति स्थापना, नेपाली जनताको स्वतन्त्रता र स्वाभिमान बढाउन गरेको ऐतिहासिक योगदानले राष्ट्रको गौरव बढाएकोमा उहाँलाई राष्ट्रिय विभूति पदले सम्मानित गरिएको हो ।’
शंखधर शाख्वाले गरिबहरुको ऋण मोचन गरिदिएको खुशियालीमा यो संवत् सुरु गरेको स्मरण गर्दै प्रदेश प्रमुख भट्टले भनेका छन् – “शाख्वाले ऋणमा डुबेका नेपाली जनतालाई ऋण र दासत्वबाट मुक्त गराई स्वाभिमान र स्वतन्त्रतापूर्वक बाँच्ने अवस्था सिर्जना गर्नुभयो । त्यसै अभिप्रायलाई पछ्याउँदै हामीलाई विपन्नता विरुद्ध, गरिबी विरुद्धको लड्न नेपाल संवतको नयाँ बर्षले मद्दत पुर्याओस ।”
सन्देशमा उल्लेख छ “हामी कहाँ भएको असमानताको खाडल पुर्न र एकतालाई मजबुत पार्न मद्दत पुर्याओस् ।”

सम्बन्धित खबर
स्याङ्जामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
स्याङ्जाको चापाकोट नगरपालिकाका विद्यालयमा एक दिन बिदा
स्याङ्जामा राति सवारी चलाउन रोक
बाबुको विरासत, आफ्नै पहिचान, राजनीतिमा युवा नेतृत्वः किरण केसी
भारी वर्षाको सम्भावनापछि स्याङ्जामा उच्च सतर्कता अपनाउन आग्रह
स्याङ्जाका १० पालिकामा कांग्रेसको नेतृत्व चयन, एउटामा आज निर्वाचन
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन