स्याङ्जाको कालीगण्डकी गाउँपालिका -३ आलमदेवी देउरालीमा वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।
विगत ३९ वर्षदेखि हरिबोधनी एकादशीको अवसरमा सञ्चालन हुँदै आएको प्रतियोगिता यस वर्ष पनि जनज्योति क्लबले आयोजना गरेको हो ।
क्लबका अध्यक्ष टोप बहादुर रानाका अनुसार कार्तिक १२ गतेदेखि हुने प्रतियोगिता लिग प्रणाली खेलाइनेछ र प्रतियोगितामा सहभागी हुने प्रत्येक टोलीमा ३ जना बाहिरका खेलाडी समावेश गर्न पाउनेछन् ।
प्रतियोगिताको विजेता टिमलाई एक लाख ३० हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । दोस्रो हुने टिमले ८० हजार, तेस्रोले ४० हजार, र सान्त्वना टिमले २० हजार रुपैयाँ नगदसहित प्रमाणपत्र पाउनेछन् ।
त्यस्तै, वेष्ट प्लेयरलाई तीन हजार रुपैयाँ तथा विधागत पुरस्कार अन्तर्गत वेष्ट ब्लकर, सेटर, डिफेन्डर, स्पाइकर, सर्भर र कोचलाई जनही एक हजार पाँच सय रुपैयाँ नगद प्रदान गरिनेछ ।
जनज्योति क्लबका अध्यक्ष टोप बहादुर रानाले भने, “३९ वर्षको परम्परा निरन्तरता दिनु हाम्रो गर्व हो । यस पटक पनि स्थानीय टिमहरूको सहभागिताले प्रतियोगितालाई अझ आकर्षक र प्रतिस्पर्धात्मक बनाउने विश्वास छ ।”
उनले भने, “यो प्रतियोगिता केवल खेलकूद नभई गाउँबीच एकता, भाइचारा र स्वस्थ प्रतिस्पर्धाको माध्यम हो ।”
सम्बन्धित खबर
स्याङ्जामा मंसिर ५ गते बृहत् स्वास्थ्य शिविर, विशेषज्ञ टोलीद्वारा सेवा
क्यान महासंघ कास्कीको १८ औं साधारणसभा सम्पन्न
कास्की कारागारबाट फरार कैदी स्याङ्जामा पक्राउ
आँधीखोला किनारबाट अवैध गिट्टी–बालुवासहित ट्याक्टर नियन्त्रणमा
आदिवासी जनजाति आयोगको प्रतिवेदन गण्डकी प्रदेश प्रमुख समक्ष पेस
‘सुन–चाँदी’ जस्तै धातुका गहनासहित एक युवक पक्राउ
यो पनि पढौँ
राप्रपाका खनाल र रास्वपाका पाण्डे पोखराबाट पक्राउ
एमबीबीएस प्रवेश परीक्षाः पोखराको प्रतिभाका ५ विद्यार्थी टप १०० मा पर्न सफल
एमबीबीएस प्रवेश परीक्षामा उत्कृष्ट विद्यार्थीलाई प्रतिभाको सम्मान
प्रतिभाको विज्ञान प्रदर्शनीमा ‘सर्भिङ रोबोट’ सर्वोत्कृष्ट