पोखरा न्यूरोडका व्यवसायीहरुले एकतर्फी पार्किङका कारण व्यवसायीहरु पलायन हुने क्रम बढेको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।
पोखरा सभागृहदेखि बिपीचोकसम्म पश्चिम साइडका झण्डै २ सय व्यवसायीहरुले न्यूरोडमा एकतर्फी पार्किङका कारण व्यवसाय सञ्चालनमा अफठेरो परेका कारण पलायन हुने क्रम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय कास्की, जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की, पोखरा महानगरपालिका वडा नं. ८ र ९ का कार्यालयमा पुगी ध्यानाकर्षण सहित ज्ञापन पत्र बुझाएका छन् ।
न्यूरोड व्यवसायी समितिका संयोजक प्रदिप राज भण्डारीले पोखराको न्युरोडमा एकतर्फी पार्किङका कारण व्यवसाय पलायन हुने, सटर खाली हुने, सटर खाली रहने अवस्था आइपरेको बताए ।
भुकम्प, नाकाबन्दी, कोरोना महामारी पश्चातको आर्थिक मन्दीको चपेटामा परेका न्युरोडका व्यवसायीहरु एकतफी पार्किङका कारण धेरै व्यवसायीहरु पलायन हुने अवस्थामा पुगेको र त्यसलाई रोक्नका लागि सभागृह देखि बिपि चोक सम्म पश्चिम तर्फका घरबेटी र व्यवसायीको भेलाले दुवै साइड पार्किङका लागि सहज बातावरण बनाइदिन कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख सुजित कुमार देवकोटा, पोखरा महानगरपालिका वडा नं ८ का अध्यक्ष रुद्रनाथ बराल र पोखरा महानगरपालिका वडा नं ९ का अध्यक्ष दिपेन्द्र मर्सानीलाई ज्ञापन पत्र बुझाएका हुन् ।
व्यवसायीहरुले पोखरा महानगरका प्रमुख धनराज आचार्यलाई समेत ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको भण्डारीले जानकारी दिए ।

सम्बन्धित खबर
बिपुल क्षेत्रीको लाइभ कन्सर्ट कार्तिक १३ गते पोखरामा हुँदै
पोखरा लेकसाइडमा खुल्यो जापानी आतिथ्यसहितको ‘UNPLAN Pokhara Hotel and Retreat’
प्रतिभा बिजनेस स्कुलमा बीआईटीको पहिलो शैक्षिक सत्र सुरू
पोखरामा अत्यधिक वर्षा हुन सक्ने भन्दै विद्यालयमा २ दिन बिदा
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
पोखरामा नालीको भेलले बगाएका आमा र छोरीको ज्यान रहेन
यो पनि पढौँ
बिपुल क्षेत्रीको लाइभ कन्सर्ट कार्तिक १३ गते पोखरामा हुँदै
सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल बर्खास्त
पोखरामा स्कुल बस दुर्घटना, ४ विद्यार्थीसहित ५ जनाको मृत्यु
त्रिविद्वारा ९५ हजारभन्दा बढी विद्यार्थीको ग्रेस लिस्ट सार्वजनिक, आगामी पुसमा दीक्षान्त समारोह गरिने