पोखरा न्यूरोडका व्यवसायीहरुले एकतर्फी पार्किङका कारण व्यवसायीहरु पलायन हुने क्रम बढेको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।
पोखरा सभागृहदेखि बिपीचोकसम्म पश्चिम साइडका झण्डै २ सय व्यवसायीहरुले न्यूरोडमा एकतर्फी पार्किङका कारण व्यवसाय सञ्चालनमा अफठेरो परेका कारण पलायन हुने क्रम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय कास्की, जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की, पोखरा महानगरपालिका वडा नं. ८ र ९ का कार्यालयमा पुगी ध्यानाकर्षण सहित ज्ञापन पत्र बुझाएका छन् ।
न्यूरोड व्यवसायी समितिका संयोजक प्रदिप राज भण्डारीले पोखराको न्युरोडमा एकतर्फी पार्किङका कारण व्यवसाय पलायन हुने, सटर खाली हुने, सटर खाली रहने अवस्था आइपरेको बताए ।
भुकम्प, नाकाबन्दी, कोरोना महामारी पश्चातको आर्थिक मन्दीको चपेटामा परेका न्युरोडका व्यवसायीहरु एकतफी पार्किङका कारण धेरै व्यवसायीहरु पलायन हुने अवस्थामा पुगेको र त्यसलाई रोक्नका लागि सभागृह देखि बिपि चोक सम्म पश्चिम तर्फका घरबेटी र व्यवसायीको भेलाले दुवै साइड पार्किङका लागि सहज बातावरण बनाइदिन कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख सुजित कुमार देवकोटा, पोखरा महानगरपालिका वडा नं ८ का अध्यक्ष रुद्रनाथ बराल र पोखरा महानगरपालिका वडा नं ९ का अध्यक्ष दिपेन्द्र मर्सानीलाई ज्ञापन पत्र बुझाएका हुन् ।
व्यवसायीहरुले पोखरा महानगरका प्रमुख धनराज आचार्यलाई समेत ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको भण्डारीले जानकारी दिए ।

सम्बन्धित खबर
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
पोखरामा मोटरसाइकलको ठक्करबाट स्कूटरमा सवार १७ वर्षीय सिर्जनको निधन
रास्वपा पोखरा महानगर सभापतिमा योगेन्द्र केसी सर्वसम्मत चयन
शिशुवामा युआरएलको शिविर, ६ सय १ जनाको सित्तैमा जाँच
पिसिएम कप प्लस टु फुटसलको उपाधि तालपारी टीमले जित्यो
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ