पोखरा । जेन–जी आन्दोलनको मौका छोपेर पोखरामा ट्राफिक प्रहरी कार्यालयबाट मोटरसाइकल चोरी गर्ने युवक पक्राउ परेका छन् ।
वडा प्रहरी कार्यालय बैदाम, कास्कीको टोलीले पोखरा महानगरपालिका–१७ दोबिल्ला बस्ने २४ वर्षीय सुवास तामाङलाई पक्राउ गरेको हो ।
उनले पोखराको नयाँबजारस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीमा कारबाहीका लागि राखिएको ग १६ प १४५५ नम्बरको कालो रंगको एक्स–पल्स मोटरसाइकल भदौ २४ मा चोरी गरेका थिए । चोरीको मोटरसाइकल चलाइरहेको सूचना पाएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यसै गरी प्रहरीले ३ वटा स्कुटर चोरीमा संलग्न अन्य ५ जनालाई पनि पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय शिशुवा कास्की र वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
चोरी भएका ग ९ प ८७६१ र ग १५ प ५२३७ र ग ४ प ७६८४ नम्बरका स्कुटरसहित उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी हरिबहादुर बस्नेतले बताए ।
पोखरा–३३ बस्ने २१ वर्षीय शेरबहादुर पुन मगर, पोखरा–५ बस्ने २५ वर्षीय अजय नेपाली, पोखरा–१० बस्ने २१ वर्षीय सुशील गुरुङ, पोखरा–११ बस्ने २० वर्षीय सुदीप परियार र पोखरा–१३ बस्ने २७ वर्षीय रोशन परियार पक्राउ परेका हुन् ।
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो