३८ वर्षअघिको चोरी मुद्दामा फरार रहेका एक वृद्ध पक्राउ परेका छन् । विसं २०३५ साल वैशाख १५ गते साविक पेलाकोट गाउँपञ्चायत -२ हाल गल्याङ नगरपालिका -७ कल्लेरीका दिलबहादुर रानाको घरबाट २१ वर्षको उमेरमा सुनका गहना र रेडियो चोरी प्रकरणमा संलग्न गिरिप्रसाद गुरुङ ६८ वर्षको उमेरमा पक्राउ परेका हुन् ।
उक्त चोरी प्रकरणमा अदालतले २०४५ असोज १६ गते उनलाई नकबजनी चोरी आरोपमा १ महिना १५ दिन कैद र ४ हजार ५०० रुपैयाँ जरिवाना तोकिएको थियो । तर फैसला भएपछि उनी फरार रहेका थिए ।
तीन दशकभन्दा बढी समय फरार रहेका साविक सिर्सेकोट गाविस -२ हाल वालिङ् नगरपालिका –१२ घुरुङ्खाका ६८ वर्षीय गुरूङलाई परिवारसँग लुकेर बसिरहेको अवस्थामा वडा प्रहरी कार्यालय वालिङबाट खटिएको विशेष टोलीले कार्तिक २० गते पक्राउ गरेको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिए ।
यसअघि, सोही मुद्दामा संलग्न ६८ वर्षीय लालबहादुर राना कार्तिक १७ गते पक्राउ परिसकेका थिए । रानालाई १७ गते र गुरुङलाई २० गते अदालतमा पेश गरी स्याङ्जा कारागार पठाइएको डिएसपी चौधरीले बताए ।
प्रहरीका अनुसार वर्षौँसम्म फरार रहेका व्यक्तिहरूलाई कानूनी दायरामा ल्याउने अभियान निरन्तर जारी रहनेछ ।
सम्बन्धित खबर
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो